४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

विराट गोल्डकपको टिकट किन्दा उपहारै उपहार

नवौं संस्करणको विराट गोल्डकप हेर्नेले फुटवलसँगै सांस्कृतिक प्रस्तुतिको मजा पाउने

Advertisement

विराटनगर– फाल्गुन १९ गतेबाट सुरु भइरहेको रात्रिकालिन विराट गोल्डकप आयोजक समितिले नेपालमा पहिलो पटक टिकट किन्दा उपहारै उपहारै पाउने व्यवस्था गरेको छ । नवौं संस्करणको विराट गोल्डकप हेर्नेले फुटवलसँगै राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुतिको मजा पाउनुका साथै टिकट किन्नेलाई शतप्रतिशत रकम फिर्तादेखि उपहार र छुटको व्यवस्था गरेको हो ।

विराट गोल्डकप आयोजक समितिका संयोजक नविन रिजालले यस पटकको विराट गोल्डकप हेर्नेले यहाका रेष्टुरेन्ट, अस्पताल, मल, पसलमा न्यूनतम दुई हजारको छुट पाउने व्यवस्था गरेको बताएका छन् । ‘गोल्डकपको टिकट किन्नेले आगन र पिज फायर रेष्टुरेन्ट र म्याजिक चप्पलमा १५ प्रतिशत, रिजालको सिपिभिसि र पिभिसि, डेल्टा टायर र किरन बेकरीमा १० प्रतिशत छुट पाउने व्यवस्था गरेको छु,’ उनले भने, ‘सेन्टरल मलमा किराना सामानको खरिदमा ५ र तयारी कपडामा १० प्रतिशत, मोजो क्याफेमा २०, सहेन्साह रेष्टुरेन्टमा २५ प्रतिशत र न्यूरो अस्पतालमा प्याथोलोजी जाँचमा २५ र चिकित्सकसँग बिरामीको जाँचमा १५ प्रतिशत छुट पाउने छन् ।’ 

गोल्डकपको टिकट किनेर रमपमको फेसबुकमा ट्याग गरेपछि शतप्रतिशत रकम फिर्ता पाउने अवसरसमेत आयोजकले दर्शकलाई प्रदान गरेको छ । गोल्डकप हेर्नका लागि सामान्य टिकट प्रतिव्यक्ति प्रति दिन दुई सय, भीभीआईपी टिकट प्रति दिन पाँच सय र प्रतियोगिताभरिका लागि एक हजार सात सय रुपैयाँको तीन किसिमको आयोजकले टिकटको व्यवस्था गरेको छ । सेमी फाइनको टिकट दर प्रति व्यक्ति तीन सय र फाइनलको पाँच सय रुपैयाँ तोकिएको छ । 

भीभीआईपी टिकट प्रतियोगिताभरिको किन्नेले पाँच हजार रुपैयाँ तिर्नुपर्ने छ । भीभीआईपी टिकट लिनेले आपूmसँग थप एक जनालाई गोल्डकप हेर्न लग्न पाइने व्यवस्था आयोजकले गरेको छ । भीभीआईपीको बसाइँ व्यवस्था पनि भीभीआईपी नै हुने र पानी र हल्का पेय पदार्थसमेत उपलब्ध गराउने व्यवस्था आयोजकको छ । संयोजक रिजालले गोल्डकपको टिकट मोरङ व्यापार संघ, पिज फायर, आगन, मोजो, सहेन्साह, सेन्टरल मल, किरन बेकरी, न्यूरो अस्पताललगायत स्पोन्सर पार्टनहरुमार्फत बिक्री सुरु गरेको बताए । 

‘गोल्डकप हेर्न सामान्य टिकट फाल्गुन १९ गते सहिद रंगशालाको टिकट काउण्टरबाट बिहान ११ बजेबाट बिक्री सुरु हुन्छ,’ उनले भने, ‘टिकट खरिदमा भीड हुन नदिन प्रतियोगिताभरिको, भीभीआईपी र सामान्य गरी तीन वटा छुट्टाछुट्टै काउण्टरको व्यवस्था गरेको छु ।’ 

गोल्डकपलाई व्यवस्थित बनाउन आदर्श माविको प्रांगन र विराटनगर महनागरको छेउमा सुरक्षित पार्किङको व्यवस्था गरिएको संयोजक रिजालले बताए । ‘गोल्डकप हेर्न आउनेका लागि घरदेखि रंगशालासम्म र रंगशालादेखि घरसम्मको सुरक्षा व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘पूर्ण सुरक्षित वातावरणमा यसपटकको गोल्डकप दर्शकलाई हेर्ने व्यवस्था गरेको छु ।’ 

विराट गोल्डकप प्रत्येक दिन १० देखि १२ हजार दर्शकले हेर्ने र यो प्रतियोगिताभरिमा न्यूनतम ८० हजार दर्शकले गोल्डकप हेर्ने आयोजकको लक्ष्य छ । गोल्डकपमा सहभागी १० वटै टिममा ए डिभिजनका खेलाडीहरु रहेको संयोजक रिजालले बताए । ‘गोल्डकप खेल्न आउने प्रत्येक टिमले यो सिजनमा कुनै नकुनै प्रतियोगिताका विजेता टिम हो,’ उनले भने, ‘त्यसैले विराट गोल्डकपको प्रत्येक दिनको खेल फाइन खेल बराबर हुन्छ । दशर्कहरुलाई प्रत्येक दिनको खेल हेर्न आग्रह छ ।’ 
प्रतियोगितालाई भव्य र सभ्य बनाउन मोरङ व्यापार संघका सम्पूर्ण टिम रातदिन नभनी तयारीमा जुटेका छन् ।

मोरङ व्यापार संघले गोल्डकपको आयोजना गरेर उद्योगी व्यवसायीको हकहितमा मात्रै नभई खेलकुदको क्षेत्रमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । मोरङ व्यापार संघका निर्देशक कृष्ण रेग्मीले यो संस्था उद्योगी, व्यवसायी, उपभोक्तालगायत आमसर्वसाधारणको हितमा निरन्तर सेवा दिँदै आएकोले खेलकुद क्षेत्रको विकासका लागि यो प्रतियोगिता पनि सफल आयोजना गर्दै आएको बताए ।   

विराट गोल्डकप अन्य संस्करणहरु भन्दा यसपटक भिन्नै रहने देखिएको छ । संयोजक रिजालले यसपटक गोल्डकप उद्घाटन ऐतिहासिक बनाउने योजनाका साथ काम भइरहेको बताए । विराट गोल्डकपको बारेमा टिकटक बनाउनेहरु मध्ये उत्कृष्टलाई १० हजारको पुरस्कारको व्यवस्था गरिएको उनले सुनाए । गोल्डकप हेर्न आउने दर्शकहरुमध्ये प्रत्येक दिन ‘फेस अफ द गोल्डकप’ अवार्ड प्रदान गर्ने रिजालको भनाइ छ । उनले त्यसका लागि निर्णायक समितिसमेत चयन गरिएको बताए । 

विराट गोल्डकप फुटवल ट्रष्टले ‘विराटनगरको साथ, फुटवलको विकास’ मूल नाराका साथ नवौं संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटवल प्रतियोगिता २०८१ फाल्गुन १९ गतेदेखि २८ गतेसम्म विराटनगरस्थित सिहद रंगशालामा आयोजना गर्दै छ । विराट गोल्डकप फुटवल प्रतियोगिता आयोजक समितिले १० दिनसम्म हुने प्रतियोगिताका लागि १० वटा फुटवल टिमको छनोट गरेको हो । 

प्रतियोगितामा भारतीय टिम साउथर्न समिति फुटवल क्लव र सुदेभा दिल्ली फुटवल क्लवका साथै नेपालका विभागी टिमहरु थ्रि स्टार फुटवल क्लव, नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी फुटवल क्लव, मच्छिन्द्र फुटवल क्लव, एन आरटी क्लव, नेपाल एपीएफ फुटवल क्लव, चर्च ब्वाइज फुटवल क्लव र रिजालको मोरङ एफसी सहभागी हुने छन् । 

आयोजक समितिका संयोजक उद्योगी रिजालले १ करोड ३५ लाखको लागतमा आयोजना भइरहेको नवौं संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटवल प्रतियोगिताको विजेताले ११ लाख नगद र शिल्ड, उपविजेताले ५ लाख र कप प्राप्त गर्ने बताएका छन् । उनले सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार, उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार र दैनिक हुने खेलका उत्कृष्ट खेलाडीलाई ११ हजार पुरस्कार प्रदान गरिने जानकारी दिए । 

विराट गोल्डकप फुटवल प्रतियोगिताको संरक्षक र प्राविधिक सहयोगमा कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकास वोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटवल संघ र मोरङ उद्योग व्यापार संघ रहेको छ । 

उद्योगी रिजालले उद्योग व्यवसाय गर्ने आपूmहरुले विराट गोल्डकपलाई विराटनगरको प्रतिष्ठा सम्झेर भव्य, भिन्न र ऐतिहासिक रुपमा आयोजना गर्नका लागि जुटेको बताए । उनले यो पटकको विराट गोल्डकप नेपालमा नै फरक किसिमले आयोजना भइरहेकोले एकपटक आएर सबै दर्शकलाई हेरेर आयोजकलाई हौसला प्रदान गरिदिन आग्रह गरेका हुन् । 
 

प्रकाशित : १७ फागुन २०८१, शनिबार 21:30
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved