विराटनगर– थ्रीस्टार क्लबले त्रिभूवन आर्मी क्लबलाई पराजित गर्दै विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइन खेलमा थ्रीस्टार क्लबले त्रिभूवन आर्मी क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
नवौं संस्करणको रात्रीकालिन विराट गोल्डकपमा जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे । थ्रीस्टारले खेल सुरु भएको पहिलो एक मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । दिपेश घलेले निकालेको क्रस पासलाई प्रशान्तले चलाखीपूर्ण ढंगले गोलमा परिणत गरेको थियो ।
दोस्रो गोल खेलको २८ औं मिनेटमा भयो । थ्रीस्टार क्लबका आशिष चापागाइँले निकालेको पासलाई दिपेशले आकर्षक गोलमा परिणत गरी अग्रता दोब्बर बनाएका थिए । तेस्रो गोल ८१ औं मिनेटमा नविन लामाले गर्दै टिमको जित सुनिश्चत गरे ।
आर्मीको तर्फबाट कप्तान नवयुग श्रेष्ठ र निरज चौधरीले समान १ –१ गोल फर्काए । नवयुगले खेलको ८३ आँै मिनेटमा गोल गरे । दोस्रो गोल पेलान्टी सुटआउट बाट आर्मीका निरज चौधरीले गरे । आर्मीका निसान्त राईलाई दोस्रो हाफको अतिरिक्त समयमा डिबक्स भित्र थ्रीस्टारका खेलाडीले फल खेलेपछि रेफ्री श्याम दनुवारले पेनाल्टी दिएका थिए ।
प्रतियोगिताको प्लेयर अफ द म्याच थ्रीस्टारका प्रशान्त लाक्सान लिम्बु घोषित भए । उनले नगद ११ हजार पाए ।
२०७४ सालमा पनि थ्री स्टारले विराट गोल्डकपको फाइलनमा आर्मीलाई ३–० गोलले हराउँदै उपाधि उचालेको थियो ।
जितसँगै उपाधिको लागि थ्रीस्टारले सोमबार हुने अन्तिम सेमिफाइनल खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइजको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलकुद
इन्डो–नेपाल क्रिकेटः पटना सेमिफाइनलमा
द नेप्लिज संवाददाताइन्डो–नेपाल क्रिकेटःहोराइजन र एनबीएससी विजयी
द नेप्लिज संवाददातादीपेन्द्रसिंह ऐरीले टी–२० क्रिकेटमा शुन्यमा आउट नहुने खेलाडीको विश्व कीर्तिमान बनाए
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेटः पटना र विराटनगर फाइनलमा
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेट कप विजेता वाइआरसीसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares