२३ जेठ २०८२, शुक्रबार 06 Jun 2025, Friday

अर्थमन्त्री पौडेल र मेयर आचार्य उपचारका लागि किर्तिपुरमा

द नेप्लिज संवाददाता
३ फागुन २०८१, शनिबार

Advertisement

पोखरा– पोखरा भ्रमण वर्ष २०२५ को घोषणा गर्ने क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई थप उपचारका लागि किर्तिपुरस्थित वर्न अस्पताल लगिएको छ । पोखराबाट सिम्रिक एयरको हेलिकप्टरमा दुबै जनालाई किर्तिपुर लगिएको प्रहरीले जनाएको छ ।

उनीहरुको किर्तिपुर अस्पतालमा उपचार सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ । दुवै जनाको गाला जलेकोेले चिकित्सकहरुले उपचार गरिरहेको अस्पताल प्रशासनले जनायो।विद्युतीय स्विच थिचेर भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा उक्त घटना भएको थियो। दीप प्रज्वलन गरिएको पानस नजिकै भए पछि हाइड्रोजन भरिएको बेलुन पड्किएको थियो। पौडेल र आचार्यलाई आगोको लप्काले भेटेको थियो । 

प्रकाशित : ३ फागुन २०८१, शनिबार 15:39
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved