१६ वैशाख २०८२, मङ्गलबार 29 Apr 2025, Tuesday

चीनद्वारा विश्वकै पहिलो अत्याधुनिक मेडिकल उद्धार ड्रोन सार्वजनिक

द नेप्लिज संवाददाता
३० चैत २०८१, शनिबार

Advertisement

बेइजिङ (एजेन्सीहरु) – आपतकालीन उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चीनले विश्वकै पहिलो अत्याधुनिक मेडिकल ड्रोन सफलतापूर्वक विकास गरेको छ । यस ड्रोनको विकास हैशेन मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेडले चिनियाँ विज्ञान एकेडेमी तथा अन्य साझेदार संस्थाको सहकार्यमा गरेको हो ।

६ सय किलोग्राम तौल भएको यो ड्रोनले ३ सय किलोग्रामसम्मको भार बोक्न सक्छ । यसमा रिमोट भिडियो निगरानी, स्वचालित उडान प्रणाली र टाढाबाट नियन्त्रण गर्ने सुविधा जडान गरिएको छ। कम्पनीका अध्यक्ष तथा प्रमुख इन्जिनियर हुआङ युहङका अनुसार यो ड्रोन उच्च चिसो तापक्रम र पाँच हजार मिटरको उचाइसम्मका कठिन भूगोलमा समेत प्रभावकारी रूपमा खोज तथा उद्धार कार्य गर्न सक्षम छ ।

हुआङले भने, ‘हामीले मेडिकल उपकरण, ड्रोन प्रविधि र कृत्रिम बुद्धिमत्ताको संयोजनमार्फत चीनको स्मार्ट आपत्कालीन उद्धार क्षमतामा ठूलो सुधार ल्याएका छौँ ।’ यो ड्रोन विशेष गरी विपद् वा महामारीका बेला छिटो र प्रभावकारी रूपमा उद्धार कार्य सञ्चालन गर्न सक्षम हुनेछ ।

यसले दुर्गम स्थानहरूमा आवश्यक स्वास्थ्य सेवा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यो प्रविधिको विकासले आपतकालीन उद्धार कार्यमा नयाँ युगको सुरुवात गरेको छ जसले भविष्यमा मानव जीवन बचाउन महत्वपूर्ण योगदान पुर्याउनेछ । ।

प्रकाशित : ३० चैत २०८१, शनिबार 17:28
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved