३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

सार्वजनिक शौचालय बनाउन एक्स्पो

द नेप्लिज संवाददाता
२७ माघ २०८१, आइतबार

Advertisement

विराटनगर– सुन्दरहरैँचा उद्योग वाणिज्य संघले विराटचोकमा चौँथो विराट एक्स्पो आयोजना गर्दै छ । आउँदो माघ ३० गतेदेखि फाल्गुन १० गतेसम्म एक्स्पो आयोजना हुनगइरहेको छ ।

सार्वजनिक शौचालय निर्माणका साथै स्थानीय उत्पादन, प्रविधि, बजार, व्यवसाय प्रबन्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले बताए । ‘आठ वटा अत्याधुनिक शौचालय निर्माण गर्ने लक्ष्य छ,’ उनले भने, ‘जसमध्ये २ वटा निर्माण भइसकेको २ वटाको निर्माण कार्य अन्तिम चरणमा रहेको र ४ वटा निर्माण गर्न बाँकी रहेको छ ।’ यसअघि एक्स्पो आयोजनाबाट एक करोड १२ लाख भएको आम्दानी शौचालय निर्माणका लागि जग्गा खरिदमा लगाएको कार्कीले बताए । 

एक्स्पोका संयोजक भोलेश्वर दुलाले ११ दिनसम्म चल्ने एक्स्पोमा १९४ वटा स्टल रहने बताए । जसमाप्रायोजक, सहा–प्रायोजकका ९, व्यवसायिक ११४, कृषिको ४०, अटोमोबाइलको १५, होटलको १६ वटा पेभिलियन रहने उनको भनाइ थियो । ‘एक्स्पोमा ६० वटा उद्योगका उत्पादन, कृषिजन्य उत्पादन र ब्यापार–व्यवसायको स्टल रहने छ,’ उनले भने, ‘एक्स्पोको मुख्य आकर्षण हिमालदेखि तराई मधेससम्मको कृषिजन्य उत्पादन, फिस एक्यूरियम र हास्य कलाकार मनोज गजुरेल, पवन खतिवडा, सुन्दर खनाल, गायक दुर्गेश थापा, मिस्टर डि, शान्तारानी परियार, प्रमोद खरेल, नविन के भट्टराईलगायतको प्रस्तुति रहने छ ।’ रकहेड्स ब्याण्ड, बद्री पंगेनी, समीक्षा अधिकारी निदेशजंग कुँवरलगायतको समेत प्रस्तुति रहेको एक्स्पो ३ लाख ५० हजार दर्शकले हेर्ने आयोजकको लक्ष्य छ । 

विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म एक्स्पो हेर्न प्रति व्यक्ति १ सय र त्यसपछि राती १० बजेसम्म २ सयको टिकट दर तोकिएको संयोजक दुलालले बताए । उनले २ करोड २५ लाखको लागतमा आयोजना भइरहेको एक्स्पोबाट ४ करोड आम्दानी गर्ने लक्ष्य रहेको सुनाए । ‘सुन्दरहरैँचा औद्योगिक प्रदर्शनी केन्द्र विराटचोकमा तीन विघा जग्गा प्रति वर्ष ४ लाखको दरले १० वर्षका लागि भाडामा लिएर एक्स्पो आयोजना गर्न लागेका छौं,’ उनले भने, ‘प्रदर्शनी केन्द्रमा स्थायी घेराबेरा भइसकेकोले अब निरन्तर एक्स्पो आयोजना गर्ने लक्ष्य छ ।’ एक्स्पोमा थिमेटिक शेसनसमेत राखिएको उनले सुनाए । 

प्रकाशित : २७ माघ २०८१, आइतबार 18:41
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved