विराटनगर– सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविधालयको उपप्रध्यापक तथा कर्मचारीहरुले चालु आर्थिक वर्षको भदौदेखि हाल सम्मको तलब–भत्ता सम्बन्धमा माघ ३० गतेसम्म सुनुवाइ नभएमा फागुनदेखि नियमित पठनपाठन लगायत अनुसन्धानको काम ठप्प पार्ने चेतावनी दिएका छन् ।
यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्पूर्ण सरोकारवाला पक्षहरुको हुनेछ भन्ने आसय सहितको ज्ञापन पत्र उनीहरुले मधेश प्रदेशको शिक्षामन्त्रीलाई बुझाएका छन् । यसको बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उप–कुलपति, रजिष्ट्रार, प्रमुख जिल्ला अधिकारी एवं पार्टीहरुका जिल्ला कार्य समितिलाई समेत अवगत गराएका छन् ।
विश्वविद्यालय स्थापनाको नाममा जसपा नेतृत्वको सरकारले ब्रह्मलुट मचाएको भन्दै जनमत पार्टी नेतृत्वको सरकारले वेवास्ता गर्दै आएको राजनीतिक नेतृत्वहरुको समेत भनाइ छ । यो विषयमा मुख्यमन्त्री शतिसकुमार सिंहले पनि खुलेरै सवाल जवाफमा उत्रेकाले उक्त विश्वविद्यालयको भविष्य नै संकटमा परेको छ ।
विश्वविद्यालय पधाधिकारीहरुले तलब र भत्ता उपलब्ध गराउन नसक्ने लिखित जवाफ दिएपछि शिक्षामन्त्रीलाई गुहार्न बाध्य भएको ज्ञापन–पत्रमा उल्लेख छ । ‘यस्तो अवस्थामा पनि उप–प्राध्यापक तथा कर्मचारीहरु विश्वविधालयप्रति समर्पित भएर जिम्मेबारी निर्वाह गरिरहेका छौं,’ ज्ञापन पत्रमा भनिएको छ, ‘तर चरम आर्थिक संकटले गर्दा व्यक्तिगत तथा पारिवारिक दैनिकी प्रभावित भएको जानकारी गराउन चाहन्छौं ।’
मधेश प्रदेश सरकारको गौरवका आयोजनामध्येको यो विश्वविद्यालयका १८ कर्मचारीहरूले ६ महिनादेखि तलब–भत्ता नपाउनुका साथै सेवा प्रदायकहरूले बक्यौता रकम नपाउँदा शैक्षिक सामग्री, इन्धन, विद्युत्, पानी, सञ्चार सेवामा अवरोध छ ।
विश्वविद्यालय सञ्चालनमा रहेको भवन भाडा नदिए खाली गराइदिने घरबेटीहरूले धम्की दिइरहेका छन् । कृषि विज्ञानका दुई सेमेस्टरका विद्यार्थीहरूको नियमित पढाइ छैन । एक अर्ब ७० लाख लागतमा निर्माणाधीन विश्वविद्यालय भवन लथालिंग छ । नयाँ शैक्षिक सत्रका लागि कार्तिकमै सञ्चालन हुनुपर्ने कक्षा सुरु हुन सकेको छैन ।
विश्वविद्यालय यस्तो दयनीय अवस्थामा पुग्नुमा जनमत र जसपा नेपालबीचको जुधाई र राजनीतिक खिचातानीलाई मानिएको छ । २७ मंसिर २०७८ मा कृषि, पशु, मत्स्यविज्ञान र खाद्य प्रविधि विज्ञान गरी चार संकायका विषयवस्तु पठनपाठनका लागि यो विश्वविद्यालय स्थापना गरिएको हो । चालु आ.व.मा कृषि विश्वविद्यालयको सभा नहुँदा विश्वविद्यालयको खातामा ३० करोड रुपैयाँ हुँदा पनि आर्थिक कारोबार गर्न नसकिएको पदाधिकारीहरुको भनाइ छ ।
विश्वविद्यालयको कुलपति मधेशका मुख्यमन्त्री, सह–उपकुलपति शिक्षा तथा संस्कृतिमन्त्री रहने व्यवस्था छ । मुख्यमन्त्री सतिशकुमार सिंह र शिक्षामन्त्री रानी शर्मा तिवारी विश्वविद्यालयको समस्याका बारेमा जानकार छन् । तर, उनीहरुले हालसम्म कुनै वास्ता नगरेको कर्मचारीहरूको गुनासो छ ।
नयाँ शैक्षिक सत्रमा नयाँ भर्नाका लागि भदौमा ५० जनाका लागि आवेदन माग गरिँदा १११ जनाको आवेदन परेको छ । आवेदकहरूसँग दुई/दुई हजार दस्तुर पनि संकलन गरिएको छ ।
तर आर्थिक कारोबार ठप्प हुँदा प्रवेश परीक्षा सञ्चालन गर्न नसकेर हालसम्म भर्ना लिइएको छैन । कात्तिकदेखि पढाइ सुरु हुनुपर्नेमा अहिलेसम्म अन्योल नै छ । प्रवेश परीक्षा लिएर पनि भर्ना नगरेको भन्दै कार्यालयमा पुगेर, फोन गरेर आवेदनकर्ताहरूले गुनासो गर्ने गरेको विश्वविद्यालयका पदाधिकारीहरूको भनाइ छ ।
विद्यार्थीको नियमित परीक्षा गर्न ढिलो भएको, परीक्षा सञ्चालनमा खटिएका, प्रश्नपत्र बनाउने, आन्तरिक तथा बाह्य परीक्षकहरु र सुरक्षाकर्मीहरुको भत्ता दिन सकिएको छैन । दुई पदाधिकारी र १६ शिक्षक कर्मचारी गरी १८ जनशक्ति छन् । विद्यालयको प्रशासनिक, पठनपाठन, ल्याब लगायतका लागि पाँचवटा भवन भडामा लिएको छ । यसका लागि मासिक १ लाख २५ हजार रुपैयाँ भाडामा खर्च हुन्छ । अत्यावश्यक काम परेका बेला आवश्यक निर्देशन तथा मार्गदर्शनका लागि सरकारलाई अनुरोध गर्दा जवाफ नदिने प्रवृृतिले नियमित कार्य प्रभावित भएको पदाधिकारीहरूको गुनासो छ ।
तत्कालिन जनता समाजवादी पार्टी नेतृत्वको सरकारले स्थापना गरेको यस विश्वविद्यालयमा उक्त पार्टीको नै कार्यकर्ताको भर्तिकेन्द्र बनाएर कर्मचारी नियूक्त गरिएकाले अहिलेको जनमत पार्टी नेतृत्वको सरकारले विश्वविद्यालयको समस्यालाई वेवास्ता गर्दै आएको राजनीतिक विशलेषकहरुको भनाइ छ । विश्वविद्यालय स्थापनाको नाममा जसपा नेतृत्वको सरकारले ब्रह्मलुट मचाएको भन्दै जनमत पार्टी नेतृत्वको सरकारले वेवास्ता गर्दै आएको राजनीतिक नेतृत्वहरुको समेत भनाइ छ । यो विषयमा मुख्यमन्त्री शतिसकुमार सिंहले पनि खुलेरै सवाल जवाफमा उत्रेकाले उक्त विश्वविद्यालयको भविष्य नै संकटमा परेको छ ।
समाचार
मधेसका पूर्वप्रदेश प्रमुख राजेश झामाथि नाबालिगसँग यौन दुर्व्यवहारको आरोप
द नेप्लिज संवाददाताउर्लाबारीमा २० वर्षीया र सुर्खेतमा १४ वर्षीयासँग बलात्कार
द नेप्लिज संवाददातासरकारमा जाने वित्तिकै सबै क्षेत्रमा सुधार गरिहाल्ने जादुको छडी कसैसँग छैनः उपप्रधानमन्त्री सिंह
द नेप्लिज संवाददातावीरगन्जमा पाँचौँ दिन पनि तनाव कायमै
द नेप्लिज संवाददातासत्तारुढ गठबन्धनभित्र गहिरिँदै संकट
द नेप्लिज संवाददाताप्रदेश
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares