फायल तस्बिर
विराटनगर– ताप्लेजुङको मुक्कुमलुङ (पाथिभरा) क्षेत्रमा केबलकार निर्माणको विरोध गर्ने क्रममा फागुन १० को प्रदर्शनमा पक्राउ परेका १८ प्रदर्शनकारी हालसम्म थुनामै छन् । उनीहरूलाई थुनामा राख्नु पर्ने आधार खोज्दै सर्वोच्च अदालतले शुक्रबार कारण देखाऊ आदेश जारी गरेको छ ।
मुक्कुमलुङ क्षेत्र आफूहरूको आस्थाको धरोहर भएकोले त्यहाँ केबलकार निर्माण गर्दा आफ्नो सांस्कृतिक सम्पदामाथि आक्रमण र अतिक्रमण हुने भन्दै लिम्बू समुदाय आन्दोलित छ । यो आन्दोलनमा कोशी नाम खारेजीको मागसहित आन्दोलनरत समूहहरूको पनि समर्थन छ ।
सोही समूहहरू र स्थानीयबासीले फागुन १० मा ताप्लेजुङ सदरमुकाममा प्रदर्शन गरेका थिए। त्यसक्रममा तनाव सिर्जना भएको थियो। प्रहरीले त्यसदिन १८ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर थुनामा राखेको थियो।
उनीहरूलाई थुनामा राख्नु गैरकानूनी भएको दाबी गर्दै अधिवक्ता राजीव बाँस्तोलाले फागुन २८ मा सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले शुक्रबार विपक्षीहरूलाई कारण देखाऊ आदेश जारी गरेको हो ।
अदालतले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङसहितका विपक्षीहरूलाई ती १८ जनालाई थुनामा राख्नुको लिखित कारण पेस गर्न आदेश दिएको छ । मुक्कुमलुङ क्षेत्रमा केबलकार निर्माणको विषय विवादास्पद बनेको छ । सत्ता बाहिरका राजनीतिक दलहरू तथा पहिचानवादी दाबी गर्ने राजनीतिक समूहहरूले ‘नो केबलकार’ को अभियान चलाइरहेका छन् । सत्तारूढ एमालेका नेताहरू केबलकार बनाउनै पर्ने अडानमा छन् । यस बारे कांग्रेसमा भने जिल्ला तहका नेताहरू विभाजित छन् ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares