विराटनगर- सशस्त्र प्रहरी बलका आठ सुरक्षाकर्मीलाई संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा पठाइदिने विश्वास दिलाइ रकम ठगेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई डाँकाचोरीमा समेत मुद्दा चलेकाे खुलासा भएको छ ।
ठगिएको उजुरी परे पछि नेपाल प्रहरीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–२ का २७ वर्षीय दिनेश सापकोटालाई पक्राउ गरेको थियो । उनी विरुद्ध पहिला पनि डाँकाचोरीदेखि बैंकिङ कसुर, ठगी र आपराधिक लाभको कसुरम मुद्दा चलिसकेको प्रहरीले जनाएको छ । प्रहरीले क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) जाँच गर्दा सापकोटा बारे थप जानकारी सार्वजनिक भएको हो ।
सापकोटा समेतकाले २६ साउन २०७८ मा सिन्धुपाल्चोकको नौबिसेस्थित बलेफी–जलबिरे सडकखण्डमा लुटपाट गरेको भन्दै सिन्धुपाल्चोक जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
फौजदारी मुद्दामा अभियुक्त भइसकेका उनै सापकोटाले आफूलाई चितवन ब्यूरोमा कार्यरत प्रहरीको असई बताएर सशस्त्र प्रहरीका आठ सुरक्षाकर्मीलाई शान्ति मिसनमा पठाइदिने भन्दै रकम असुलेका थिए ।
राजनैतिक, प्रशासनिक र सुरक्षा निकाय तर्फका उच्च ओहोदाका व्यक्तिसँग निकट रहेको भन्दै उनीहरुसँगको तस्बिर देखाएर सापकोटाले विश्वास दिलाउने गरेको पीडित प्रहरीहरुले बताएका छन् ।
उनले सशस्त्र प्रहरीका जवानदेखि बरिष्ठ हवल्दारसम्म ८ जनाबाट ११ लाख ३० हजार रुपैयाँ लिइसकेको अनुसन्धानमा देखिएको छ ।
मिसनका लागि भनेर नक्कली असईलाई रकम बुझाउनेहरु वरिष्ठ हबल्दार भीमप्रसाद सुवेदी, हवल्दारहरु टुकबहादुर थापा, राजकुमार लामा, ईश्वर कार्की, बेदबहादुर तामाङ छन् । यसैगरी सहायक हवल्दारहरु कमल बानियाँ, कुमार आलेमगर, शंकर थापा र जवान यज्ञ खत्री छन् । सशस्त्र प्रहरी बलले उनीहरु माथि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको छ ।
एकपटकमा १८/२० लाख रुपैयाँ कमाइ हुने भएपछि शान्ति मिसनमा जान लोभिएका आठ सुरक्षाकर्मीले प्रतिव्यक्ति ६ लाख रुपैयाँको दरले रकम बुझाउने सापकोटासँग सहमति गरेका थिए । तर बैना रकम लिएर नक्कली असई सापकोटा सम्पर्कविहीन भएपछि उनीहरूलेवठगिएको थाहा पाएका थिए ।
फर्म्ड पुलिस युनिट (एफपीयू) मिसनका लागि रकम बुझाइरहेको खुलेपछि यस विषयमा सशस्त्र प्रहरीको हेडक्वाटरले गोप्य रुपमा डीएसपी नवराज बोहराको अध्यक्षतामा सात सदस्यीय समिति बनाएर छानबिन गरेको थियो । उक्त समितिले २१ पुसमा प्रतिवेदन बुझाएको थियो ।
प्रहरीको असई बताउनेले ठगी गरेको खुलेपछि २७ माघमा प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै सशस्त्र प्रहरीको मानव स्रोत विभागका एआईजी वंशी दाहालले घटनाबारे अनुसन्धान गर्न आग्रह गरेका थिए ।
त्यसपछि नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयले छानबिन गरेर नक्कली असई सापकोटालाई पक्राउ गरेको हो । ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर सापकोटाविरुद्ध अनुसन्धान भइरहेको छ ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares