विराटनगर– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई थोरै बाङ्गो हुन सुझाव दिएका छन् । ‘बालेनजी, सोझो हुनुहुन्छ, अलिक बाङ्गो बन्नुस्,’ सुझाव दिँदै हर्कले फेसबूकमा लेखेका छन् ।
काठमाडौँ महानगरपालिकाको कार्यालय परिसरमा बिहीबार (आज) तनाव सृजना भएको थियो । बालेनले सरकारले पठाएका प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई प्रवेश नदिने अडानमा थिए । बालेनले महानगर प्रहरीलाई पनि गुरागाईंलाई रोक्न निर्देशन दिएका थिए । तर उपप्रमुखसहितका जनप्रतिनिधि र कर्मचारी मिलेर गुरागाईंलाई महानगरमा स्वागत गर्दै हाजिर गराए । यसपछि हर्कको प्रतिक्रिया स्वरुप बालेनलाई यस्तो सुझाव दिएका हुन् ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares