प्रकृतिलाई मध्यराति नै गरियो अन्तिम विदाइ !
विराटनगर– भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयकोको माहोल बिग्रे पछि बुधबार राति सम्म करिब २ सय नेपाली विद्यार्थी सीमा नाका हुँदै स्वदेश फर्किएका छन् । फर्कने क्रम जारी छ । विद्यार्थीहरू स्वदेश फर्किन थालेपछि विश्वविद्यालयले चाहिँ अभिभावकलाई इमेल लेखेर उनीहरूको आइजाइ खर्च बेहोर्ने भन्दै फिर्ता बोलाउने पत्र पठाइसकेको छ ।
पूर्वीनाका काँकडभिट्टा, विराटनगर र वीरगञ्ज सीमा हुँदै नेपाली विद्यार्थी स्वदेश फर्किएको स्थानीय प्रशासनले जनाएको छ । दिल्लीस्थित नेपाली दूतावासबाट कन्सुलर सञ्जीव शर्मा दास र नविन अधिकारीले विश्वविद्यालयका उपकुलपति प्रा.डा. सरञ्जीत सिंहलाई विद्यार्थीहरुलाई ससम्मान फर्काउन सुझाव दिएका थिए । विश्वविद्यालय प्रशासनले यस अनुरुप सबै नेपाली विद्यार्थीका अभिभावकलाई छोराछोरी पठाइ दिन आग्रहका साथ इमेल लेखेको हो । विश्वविद्यालयले विद्यार्थीहरूलाई समेत फोन, म्यासेज तथा मेल गरेर समेत फर्किन अनुरोध गरिरहेको छ ।
विश्वविद्यालयको होस्टेलमा गरिएको अमानवीय व्यवहारले गर्दा विद्यार्थीहरू अझै त्रासमा छन् । उनीहरू अहिलेकै अवस्थामा विश्वविद्यालय फर्किन चाँहदैनन् । । नेपाल सरकार तथा नयाँ दिल्लीस्थित नेपाली अधिकारीहरू विश्वविद्यालय पुगेर छलफल गरे पनि विद्यार्थीहरूले अझै सुरक्षित महसुस गरेका छैनन् । उनीहरूले दुवै देशको सरकारबाट आफूहरूको सुरक्षाको ग्यारेन्टी लिनुपर्ने र विश्वविद्यालयले समेत आफूहरूमाथि केही नहुने जिम्मा लिनुपर्ने माग गरेका छन् ।
विश्वविद्यालयमा सोमबार र मंगलबारको द्धन्द्ध पछि १ हजार २ सय विद्यार्थीमध्ये ६० मात्र ओडिसामा थिए । तीमध्ये थप १ सय १२ जना होस्टलमा फर्किइसकेको विश्वविद्यालयले जनाएको छ । उक्त विश्वविद्यालयमा आइतबार २० वर्षीया प्रकृति लम्साल मृत भेटिए पछि छानबिनको माग गर्दा व्यवस्थापन पक्षले विद्यार्थीहरुलाई होस्टेलबाट निकाल्ने, कुटपिट गर्ने र अपमानजनक टिकाटिप्पणी गरेको थियो । मानसिक प्रताडना र ब्ल्याकमेल भएकोबारे प्रकृतिले दुई पटक विश्वविद्यालय प्रशासनमा उजुरी दिएकी थिइन् । गम्भीरतापूर्वक लिइएन ।
यसपछि प्रकृतिका लागि न्याय माग्दै भएको प्रदर्शनमा विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थी माथि बल प्रयोग गरेको थियो । । विश्वविद्यालयमा उपकुलपति बाहेकका शिक्षक कर्मचारीले कुटपिट गरेको उनीहरूको भनाइ छ । ‘बाहिरबाट बाउन्सर, जिम ट्रेनर बोलाएर कुटाएका छन्, प्रहरी लगाएर कुटेका थिए,’ एक नेपाली विद्यार्थीले भने । प्रकृति लम्सालको न्यायका लागि धर्नामा बसेको बेला एकाएक कुटपिट भएको बताए । होस्टेलमा बाहिरबाट छिरेका गुन्डाहरूले कोठा बन्द गरेर नेपाली पुरुष विद्यार्थीहरूलाई एकएक गरेर कुटेको ती विद्यार्थीको भनाइ छ ।
नेपाली छात्राहरूलाई समेत होस्टेलमा लगेर धम्क्याउने, परीक्षामा फेल गराइदिन्छु, रेस्टिकेट गराइदिन्छु भनेर धम्की दिएको समेत बताए । कुटपिटपछि गरेपछि विद्यार्थीहरूलाई फेब्रुअरी १७ तारिखको बिहान सूचना जारी गरेर ५ मिनेटभित्र होस्टेल खाली गर्न अर्डर दिएको एक अर्का विद्यार्थीले बताए । नेपाल फर्किनका लागि एक महिना पहिला नै रेलको टिकट बुकिङ गर्नुपर्ने हुन्छ । तर, यो पटक एकाएक घर जान भनेपछि टिकट समेत नपाएको उनीहरूको भनाइ छ । व्यापक दबाबपछि विश्वविद्यालयले फेरि फर्किएर आउन भन्दै विद्यार्थीका लागि अर्को सूचना जारी गर्नुपरेको थियो । यो विवाद सार्वजनिक भए पछि नेपाल सरकारसँगै भारतमा पनि सरकारी तहबाट चासो र कारबाही अघि बढेको छ ।
नेपाली विद्यार्थीलाई दुर्गव्यवहार गरेको आरोपमा विश्वविद्यालय पदाधिकारी लगायत ५ जना पक्राउ पनि परेका थिए । तर, अदालतले उनीहरूलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइसकेको छ । मुख्य आरोपी आरोपी अड्विक श्रीवास्तव प्रहरी हिरासतमा छन् । उनको मोबाइल प्रहरीले जफत गरिसकेको छ । ओडिसाको विधानसभामा यो विषयले प्रवेश पाएपछि प्रदेश सरकारले अहिले छानबिनका लागि उच्च स्तरीय समिति पनि गठन गरिसकेको छ । प्रहरीले प्रकृति मृत्युबारे थप अनुसन्धान गरिरहेको छ ।
प्रकृतिलाई मध्यराति नै गरियो अन्तिम विदाइ !
प्रकृति लम्सालको अन्तिम संस्कार बुधबार मध्यराति भैरहवाको स्वर्गद्वारी घाटमा गरिएको छ । भारतबाट गोरखपुर हुँदै करिब ९ बजे राति नै प्रकृतिको पार्थिव शरीर भैरहवा आइपुगेको थियो । उनको पिता लगायतका अभिभावक अर्को उडानबाट आउन ढिलो भएकाले शवलाई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा राखिएको थियो ।
करिब राति ११ बजे प्रकृतिको शव निवास सिद्धार्थनगर– ८ मा ल्याइ अन्तिम श्रद्धान्जली दिएर १२ बजे पछि मात्र बाहिर निकालिएको थियो । शवयात्रामा आफन्तसँगै अन्तिम श्रद्धान्जली दिन केआईआईटीमा अध्ययनरत् उनका सहपाठीहरुको पनि उपस्थिति थियो । भैरहवा परिक्रमा गराइ स्वर्गद्वारी घाटमा पुर्याएर अन्तेष्टि गरिएको थियो । प्रकृतिलाई उनको हजुरबुवा देवनाथ लम्सालले मुखाग्नी दिएका थिए । २०६१ को असार ४ मा भैरहवामा जन्मिएकी लम्सालको आइतबार शंकास्पद रुपमा मृत्यु भएको थियो ।
भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय गरेर उनको शव ल्याइएको थियो । छोरीको शंकास्पद मृत्यु भएको खबर आए पछि बुबा सुनिल लम्साल उडिसा पुगेका थिए । उनले मंगलबार प्रहरी अधिकारीहरुसँग भेटेर न्याय पाउनुपर्ने बताएका थिए । (विभिन्न सञ्चार माध्यमहरुको सहयोगमा )
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताNo related news found based on tags.
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares