६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

सरसरती २०८१ का प्रमुख घटना सम्झदा

द नेप्लिज संवाददाता
३० चैत २०८१, शनिबार

सांकेतिक तस्बिर

Advertisement

विराटनगर– अघिल्ला वर्षहरू झै २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रह्यो । मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, ठूलो जनधनको क्षतिसहितको प्राकृतिक प्रकोप र दुर्घटना तथा अध्यादेश, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीसम्बन्धी विषय चर्तित बने । वर्ष २०८१ मा भएका विभिन्न प्रमुख घटना यसप्रकार छन् :

राजनीतिक घटनाक्रम

वैशाख १७ गते– बझाङको प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले)का दमनबहादुर भण्डारी विजयी ।

वैशाख १८ – इलाम निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा (एमाले) का सुहाङ नेम्वाङ विजयी।

वैशाख २७ – नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त ।  

जेठ ४ – सत्ता साझेदार तीन दल र प्रमुख प्रतिपक्षी दलबीच सहकारीमा भएको आर्थिक अपचलनका सन्दर्भमा संसदीय छानबिन समिति गठन गर्ने सहमति ।

जेठ ७ – प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत ।

जेठ १४ – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मत असंवैधानिक गर्दै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतको परमादेश ।

जेठ २३ – मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव विश्वासको मत पाउन असफल ।

जेठ २५ – मधेस प्रदेशका मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त।

असार १९ – सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (एमाले) द्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता ।

असार २० – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल पुनः सर्वसम्मत चयन । 

असार २२ – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई विश्वासको मत प्राप्त ।

असार २८ – विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त ।

असार ३० – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त ।

साउन ६ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त ।

साउन ८ – बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुरसिंह लामा (तामाङ) नियुक्त।

साउन २० – नेपाली कांग्रेसका कमलबहादुर शाह दोस्रो पटक सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त ।

भदौ ३१ – संसदीय छानबिन विशेष समितिद्वारा गोर्खा मिडियाका सञ्चालकलाई कारबाही गर्न सिफारिस ।

पुस ८ – प्रतिनिधिसभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बन ।

चैत ५ गते– स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन ।  

चैत १५ – पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा पत्रकार सुरेश रजकसहित दुई जनाको मृत्यु, केही घाइते, सार्वजनिक तथा निजी सम्पत्तिमाथि आगजनी र तोडफोड, जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा कफ्र्यू आदेश ।

चैत २० – नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूको काठमाडौँ केन्द्रित आन्दोलन सुरू ।

कूटनीति

वैशाख ११ – कतारका अमिर शेख तमिम विन हमाद अल थानीबाट नेपालको राजकीय भ्रमण ।
जेठ २७ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी ।
जेठ २९ – राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक विदेश भ्रमणका क्रममा जेनेभा प्रस्थान ।

असार १ – राष्ट्रपति रामचन्द्र पौडेल जर्मनी भ्रमणमा ।

भदौ १० – ओमानका विदेशमन्त्री सैयद बद्रविन हमाद विन हमुद अबुसैदी नेपाल भ्रमणमा ।

असोज ४ – प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा सहभागी हुन न्यूयोर्क प्रस्थान ।

कात्तिक २५ – राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघ सम्मेनल (कोप २९) मा नेपालको प्रतिनिधित्व गर्दै अजरवैजान प्रस्थान ।  

मंसिर १६ – प्रधामन्त्री केपी शर्मा ओली चीन भ्रमणका लागि प्रस्थान।

चैत १९ – प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड प्रस्थान, भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता ।  

अपराध

वैशाख १३ – रौतहट जिल्ला अदालतद्वारा पूर्वमन्त्री अफताव आलमसहित चार जनालाई जन्मकैद ।

वैशाख २७ – केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) द्वारा काठमाडौँको नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा दुरूपयोग गरी अनियमितता गरेको आरोपमा २० जनाविरूद्ध पक्राउ पूर्जी जारी ।

जेठ २–  राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा उच्च अदालत पाटनद्वारा सफाइ ।  

कात्तिक २ – पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ।  

कात्तिक २० – गण्डकी प्रदेशसभाका सदस्य ‘दीपक मनाङे’ भनिने राजीव गुरूङलाई ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट पाँच वर्ष कैद सजाय ।  

चैत ५ – काठमाडौँको टोखाबाट करिब २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद ।  

चैत २९ – काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शनलगत्तै फरार भएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाई झापाबाट पक्राउ ।  

पूर्वाधार निर्माण

वैशाख ३ गते– नागढुङ्गा–सिस्नेखोला सुरूङमार्ग आयोजनाअन्तर्गत सुरूङमार्ग छिचोलियो ।

माघ १३ – राष्ट्रिय गौरवको सिद्धबाबा सुरूङमार्गको सुरूङ सात महिनामै छिचोलियो ।  

आर्थिक गतिविधि

वैशाख १५ – काठमाडौँमा तेस्रो लगानी सम्मेलन, ५२ देशका लगानीकर्ता नेपालमा।

जेठ १५ – सरकारद्वारा आगामी आर्थिक वर्ष २०८१÷८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गर्दै रू १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत

माघ १४ – अमेरिकी सहयोग नियोग (यूएसएड) मार्फत नेपाललाई प्राप्त अनुदान ९० दिनका लागि स्थगित ।  

चैत ९ – एमसिसी परियोजना अघि बढाउने अमेरिकी सरकारको प्रतिबद्धता।  

 खेलकुद र पर्वतारोहण

जेठ ९ – कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा ३० औँ पटक सगरमाथा शिखरमा ।

जेठ १९ देखि असार १५  – संयुक्तराज्य अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न आइसिसी मेन्स टी–२० क्रिकेट विश्वकपमा नेपाल सहभागी । नेपाल लिग चरणबाट बाहिरिए पनि प्रभावशाली खेल प्रदर्शन ।  

पुस ६ – जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन ।  

विविध

असार ९ – अख्तियार दुरूपयोग अनुसन्धन आयोगद्वारा मुख्यसचिव डा वैकुण्ठ अर्यालविरूद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको अभियोगमा मुद्दा दायर । वरिष्ठ सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी ।

साउन ३० – बेपत्ता पारिएका व्यक्तिको खोजविन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित।

भदौ १३ – मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त ।

कात्तिक १४ – तत्कालीन मुख्यसचिव डा वैकुण्ठ अर्याललाई विशेष अदालतद्वारा सफाइ ।  

मंसिर २ – पूर्वसभामुख दमनाथ ढुङ्गानाको निधन ।  

मंसिर ६ – राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भारतीय सेनाका स्थलसेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान।  

मंसिर २० – विशेष अदालतद्वारा नेपाल वायु सेवा निगमको खरिद अनियमितता प्रकरणमा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जना दोषी ठहर ।  

फागुन ३ – संयुक्त राष्ट्रसंघको आह्वानमा द्वन्द्वरत मुलुक लेबनानमा खटिएको नेपाली शान्ति सैनिकमाथि आक्रमण ।

–पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा बेलुन पड्कँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घाइते ।  

फागुन ४ – भारतको उडिसा भुवनेश्वरमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद ढङ्गबाट मृत्यु ।

फागुन २९ – साहित्यकार लीलबहादुर क्षेत्रीको निधन ।  

चैत १ – उपभोक्ता अदालत गठन ।

चैत ४ – नेपाल प्रहरीको महानिरीक्षकमा दिपक थापा नियुक्त।  

चैत ९ – राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार माधवरसिंह बस्नेतको निधन ।  

चैत ११ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदमुक्त ।

चैत १७ – लेखक, कूटनीतिज्ञ एवं वरिष्ठ पत्रकार कमलप्रसाद कोइरालाको निधन ।  

चैत २४ – वरिष्ठ पत्रकार भैरव रिसालको निधन ।

घटना–दुर्घटना

असार १७ – रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु ।

असार २८ – नारायणगढ–मुग्लिन खण्डअन्तर्गत सिमलतालमा पहिरो जाँदा ६२ जना यात्रु बोकेका दुई वटा बस त्रिशूली नदीमा बेपत्ता ।  

साउन ९ – काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु ।  

साउन २३ – काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही क्षणमै एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु ।  

भदौ ३ – बझाङ, जाजरकोट र स्याङ्जामा पहिरोमा परी आठको मृत्यु ।  

भदौ ७ – भारतीय पर्यटक सवार बस पृथ्वी राजमार्गको आँबुखैरेनीमा दुर्घटना हुँदा २७ को मृत्यु, १६ घाइते ।  

भदौ ९ – रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३, टोकरपुरस्थित लेकखर्कमा पहिरोले वस्ती बगाउँदा छ जनाको मृत्यु ।  

असोज १२ – अविरल वर्षाका कारण बाढीपहिरो र डुबानमा परी ९० जनाको मृत्यु, ७२ घाइते।  

असोज १३ – दुई दिनदेखिको वर्षाका कारण काठमाडौँ आउँदै गरेका दुई वटा माइक्रो बस र एउटा बस झ्याप्ले खोलाको पहिरोमा पुरिँदा ३५ जनाको मृत्यु ।  

असोज १७ – काभ्रेको तेमाल गाउँपालिका–२ ढडेन पाखामा गएको पहिरोमा परी एकै परिवारका छ जनाको मृत्यु ।

असोज ३० गते– महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीतर्फ गएको रात्रिबस दुर्घटनामा पाँचको मृत्यु, १२ घाइते।

मंसिर १४ – रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ मा गाडी दुर्घटना हुँदा पाँचको मृत्यु ।  

माघ २६ – सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी ।                                     (स्रोत : रासस)
 

प्रकाशित : ३० चैत २०८१, शनिबार 14:29
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved