विराटनगर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका ४४ वर्षीय काश पटेललाई संघीय जाँच ब्युरो (एफबीआई) को निर्देशक नियुक्त गरेका छन् ।
पटेलले गीतामा हात राखेर एफबीआईको प्रमुखको सपथ लिएका छन् । ‘संसारकै महान देशको कानुन कार्यान्वयन निकायको प्रमुख एक भारतीय मूलको एक युवक हुनु दुर्लभ हो, यो अमेरिकामा मात्र सम्भव छ, एफबीआईभित्र र बाहिरको नागरिकको जवाफदेही तय गरिने प्रतिबद्धता व्यक्त गर्छु ।’ लामो समयदेखि एफबीआईमा आबद्ध हुन इच्छुक ट्रम्पका कट्टर समर्थक पटेलले एफबीआईमा धेरै थरिका परिवर्तन गर्नसक्ने बताइएको छ ।
पटेलको पुरा नाम कश्यप प्रमोद पटेल हो । उनी भारतीय प्रवासीका छोरा हुन् । उनको जन्म गुजराती परिवारमा भएको हो । उनको पिता एक अमेरिकी एभिएसन कम्पनीमा काम गर्थे । उनी अहिले न्यूयोर्कका मूल निवासी हुन् । उनले रिचमण्ड युनिभर्सिटीबाट स्नातक गरेका हुन् । पछि न्यूयोर्कबाट कानुनको डिग्री प्राप्त गरे । हत्या, लागू पदार्थ र जटिल वित्तीय अपराध मामिलाबाट वकिलको रुपमा करियर सुरु गरेका थिए ।
पदभार ग्रहण गरेकै दिने उनी ‘वाल अफ आनर’मा गएर मुलुकको नागरिकको रक्षामा ज्यान गुमाउने एफबीआईका पूर्वअधिकारीहरुलाई श्रद्धा सुमन अर्पण गरे । ‘एफबीआई एजेन्ट प्रति मनमा सम्मान देखेर काश पटेललाई मन पराएको हुँ, उनी बलिया र शक्तिशाली छन्, उनीसँग मौलिक दृष्टिकोण छ ,’ ट्रम्पले भने । ट्रम्पले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्,‘ हामीले एफबीआईको अखण्डता र न्यायलाई पुनः स्थापित गरेका छौं, अमेरिकालाई फेरि सुरक्षित गर्नुछ ।’
अमेरिकाको लागि देखेको सपनालाई पुरा गर्न गइरहेको पटेलले बताए । उनले भने,‘अमेरिकाको सपनाको मृत्यु भइसकेको सोच्नेले म तिर हेरुन् ।’ ट्रम्पद्वारा सन २०१७ मा निर्देशक बनाइएका क्रिस्टोफर रेको ठाउँ पटेलले लिएका हुन् । रेले गत महिना ट्रम्पको सपथ ग्रहण अगाडि राजिनामा दिएका थिए । ट्रम्पले रेलाई पदबाट हटाउने संकेत दिइसकेका थिए ।
पटेलको नियुक्तीलाई ४९ विरुद्ध ५१ मतले मञ्जुरी मिलेको छ । डेमोक्रयाटिक पार्टीका सबै सांसदले पटेल विरुद्ध भोट हाले । दुई रिपब्लिकन सांसदले पनि उनको विरोध गर्यो । यस पछि पटेलले भने,‘संघीय जाँच ब्युरोको नवौँ निर्देशक स्वीकारिएकोमा सम्मानित महसुस गरिरहेको छु , असल प्रहरीलाई प्रहरी नै रहन दिन र एफबीआईको गुमेको विश्वास फिर्ता गराउनु मेरो मिसन हो, अमेरिकी नागरिकले गर्व गर्ने खाले एफबीआई निर्माण गर्छौँ ।’
विरोधीहरुले पटेलको योग्यतामा माथि सवाल खडा गरेका छन् । ट्रम्पको आलोचक विरुद्ध पटेलले बदलाको भावनाले काम गर्ने उनीहरुको दाबी छ । सन २०२३ मा प्रकाशित आफ्नो संस्मरण ‘गभर्नमेन्ट ग्याङ्स्टर्स’ मा एफबीआईभित्रको सरकारी अत्याचारलाई समाप्त पार्नका लागि बरिष्ठ अधिकारीहरुलाई निकाल्नु पर्ने अपिल गरेका थिए ।
एक ‘डीप स्टेट (अनिर्वाचित कर्मचारीतन्त्र) ले ट्रम्पको एजेन्डालाई असफल बनाउन काम गरिरहेको छ । महान्यायाधिवक्ता पाम बोंडी, जो अब पटेलका बोस पनि हुन्, उनले यो महिनाको सुरुवातमा पटेलको नियुक्तिकोे पुष्टिको सुनुवाइको क्रममा भनेका थिए,‘मेरो नेतृत्वमा न्याय विभागमा विरोधीको कुनै सूची हुने छैन ।’
पटेलले सबैभन्दा पहिले सन २०१७ मा अमेरिकी सदन हाउस अफ रिप्रेजेन्टेटिभको गुप्तचर समितिका बरिष्ठ वकिल बने पछि ट्रम्पको ध्यान आफूतिर आकर्षित गरे । उनी त्यतिखेर राष्ट्रपतिको रुपमा पहिलो कार्यकाल सम्हालिरहेका थिए । सन २०२० मा अमेरिकी रक्षा विभाग पेन्टागनको प्रमुखको चीफ़ अॅफ़ स्टाफ़ नियुक्त गरिए ।
सन २०१९ मा राष्ट्रिय सुरक्षा परिषद्मा आतंकबाद नियन्त्रणको बरिष्ठ निर्देशकको रुपमा नियुक्त भए पछि पटेल तीब्र गतिमा ट्रम्पसँग नजिकिए । एफबीआईको निर्देशकले ५५ अमेरिकी क्षेत्रीय कार्यालयमा ३७ हजार कर्मचारीको नेतृत्व गर्छ । एफबीआईले स्याटेलाइटको माध्यमले ३ सय ५० विभिन्न कार्यालयहरु र ६० भन्दा बढी अन्य विदेशी भूमिको निगरानी गर्छ । यसले झण्डै २ सय मुलुकमा आफ्नो ध्यान टिकाएर राख्छ ।
ट्रम्पको मिडिया एण्ड टेक्नोलोजी ग्रुपको बोर्डमा पनि पटेल छन् । यो ट्रम्पको सोसल मीडिया प्लेटफॉर्म ‘ट्रुथ सोसल’ को मालिक हो । पटेललाई एएफबीआईको प्रमुखमा नियुक्त गरेको घोषणा पछि ट्रम्पले सोसल मिडिया पोस्टमा भने,‘सत्य, जवाफदेही र संविधानका समर्थक ।’ ट्रम्पको नजरमा काश एक सानदार वकिल, जाँचकर्ता र अमेरिकाको अगाडि रहने योद्धा हुन् । पटेलले आफ्नो करियर भ्रष्टाचारको उजागर , न्यायको रक्षा र अमेरिकी नागरिकको सुरक्षामा खर्चेको उनले बताएका छन् ।
एफबीआईको नयाँ निर्देशक पटेलले ब्युराको पुनर्निर्माणको सपथ लिएका छन् । उनी यो ब्युरोको लामो समयदेखि कट्टर आलोचक रहेका छन् । पटेलले ट्रम्पको शत्रुसँग बदला लिने डेमोक्रयाटिक पार्टीले चेतावनी दिएको थियो । तर उनले राजनीतिक प्रतिशोधको कुनै पनि खाले योजना नरहेको बताएका छन् । पूर्वभनाइ र लेखाइको कारण आफूमाथि उठेको सवाललाई नयाँ दायित्वसँग जोड्न नहुने उनले प्रष्टयाएका छन् ।
यो नियुक्ती अगाडि न्याय विभागले केही शीर्ष अधिकारीहरुलाई पदबाट हटाएको छ । सन २०२१ मा युएस क्यापिटलमा ट्रम्प समर्थकद्वारा गरिएको हिंसाको जाँच गर्ने एजेन्टको विभागले नाम मागेको छ । यी सब गतिविधिले पटेलको कार्यकाल चुनौतिपूर्ण देखिन्छ । पटेलले देशको शीर्ष कानुनी कार्यान्वयन एजेन्सीमा लामो समयदेखि हुननसकेको परिवर्तन ल्याउने बहुसंख्यक रिपब्लिकन सदस्यको विश्वास छ ।
एफबीआई अहिले सम्म चरमपन्थी विरुद्ध हतियारको रुपमा मात्र प्रयोग हुँदै आएको उनीहरु र ट्रम्पको बुझाइ छ । तर डेमोक्रयाटिक पार्टीको अनुसार पटेल एक कट्टरपन्थी सिद्धान्तका समर्थक हुन् र उनलाई कानुन कार्यान्वयको नीकै कम अनुभव छ । स्वतन्त्र रुपले काम गर्ने विभाग एफबीआई भन्दा ट्रम्प प्रतिको निष्ठालाई प्राथमिकता दिने डेमोक्रयाटिक पक्षको बुझाइ छ । ‘पटेलको खराब निर्णय र कम अनुभवलाई आधार मान्दा एफबीआई निर्देशकको हैसियतमा अमेरिकीलाई सुरक्षित राख्ने दिशामा अयोग्य देख्छौँ,’ डेमोक्रयाटिक सांसद मार्टिन हेनरिकले ‘एक्स’ मा लेखेका छन् ।
पटेलको पुरा नाम कश्यप प्रमोद पटेल हो । उनी भारतीय प्रवासीका छोरा हुन् । उनको जन्म गुजराती परिवारमा भएको हो । उनको पिता एक अमेरिकी एभिएसन कम्पनीमा काम गर्थे । उनी अहिले न्यूयोर्कका मूल निवासी हुन् । उनले रिचमण्ड युनिभर्सिटीबाट स्नातक गरेका हुन् । पछि न्यूयोर्कबाट कानुनको डिग्री प्राप्त गरे । हत्या, लागू पदार्थ र जटिल वित्तीय अपराध मामिलाबाट वकिलको रुपमा करियर सुरु गरेका थिए ।
उनी नेशनल सेक्युरिटी काउन्सिलमा उपसहायक र आतंकबाद नियन्त्रण विभागका बरिष्ठ निर्देशक रहिसकेका छन् । उनले यस अघि गुप्तचर मामिलामा स्थानीय चयन समितिमा बरिष्ठ वकिल पनि रहे । पटेलले इन्टेलिजेन्स कम्युनिटी र युएस स्पेसल आपरेसन फोर्सका लागि संंवेदनशील कार्यक्रमको रेखदेख गरिसकेका छन् ।
पटेलले संसारभर इन्टेलिजेन्स र प्रतिआतंकबादलाई अर्बौ डलर फण्ड गर्ने सम्बन्धमा कानुन बनाउनमा मद्दत गरे । पटेल उक्त समितिभन्दा अगाडि अमेरिका न्याय विभाागमा आतंकबाद अभियोजकको दायित्व निर्वाह गरे । रक्षा विभागको अनुसार ट्रम्पको कार्यकालमा पटेलले थुप्रै ठूलो अभियानमा अहम भूमिका निर्वाह गरे । पटेल पदमा रहेकै बेला आईएसआईएसका मुखिया अल बगदादी र अल कायदाका कासिम अल रिमीलाई मार्नुको साथै अमेरिकी बन्धकहरुको सुरक्षित फिर्ता सम्भव भएको थियो ।
विश्व/प्रवास
म्यानमारमा शक्तिशाली भूकम्प पछिको उद्धार प्रयासमा अवरोध
द नेप्लिज संवाददाताचीनको कडा जवाफ : अमेरिकी आयातमा १२५% सम्म कर, व्यापार युद्ध चर्किंदै
द नेप्लिज संवाददातायुक्रेन युद्धबारे ट्रम्पको चेतावनीबीच विटकोफ र पुटिनबीच चार घण्टा लामो भेट
द नेप्लिज संवाददाताअमेरिकामा विदेशी विद्यार्थीमाथि कडा निगरानी : नेपाली विद्यार्थीसमेत प्रभावित
द नेप्लिज संवाददाताचीनको चुम्बकमा अड्कियो अमेरिका
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares