६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

नेप्सेको सीईओ ‘नारद होइन, चूडामणि हो’

द नेप्लिज संवाददाता
१९ चैत २०८१, मङ्गलबार

Advertisement

काठमाडौँ -  सरकारले सोमबार साँझ नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा चूडामणि चापागाईँको नामलाई सदर गरेको छ । मन्त्रिपरिषद्को बैठकको उक्त निर्णय अनुसार राजश्व सचिव दिनेश कुमार घिमिरेले चूडामणिलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन् । 

नेप्से सीईओका लागि गत फागुन १२ मा पहिलोपटक आवेदन आह्वान हुँदा १२ जना प्रतिस्पर्धी अगाडि आएका थिए । तीमध्ये यही चैत ३ मा अर्थ मन्त्रालयले सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा गठन गरेको नियुक्ति सिफारिस समितिले ५ जनाको नाम सिफारिस गरेको थियो ।

उक्त सूचीमा चापागाईँ पहिलो नम्बरमा थिए । उनीसहित नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल पनि लाममा थिए । अघिल्लो पटकको मन्त्रिपरिषद् बैठकमै नारद लुइँटेल नियुक्त भएको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नै जानकारी दिएका थिए । तर सो निर्णय मन्त्रिपरिषद्को आधिकारिक निर्णयको सूचीमा भने आएन । 

नियुक्त गर्ने निर्णय भए पनि प्रमाणित नगरी अर्को निर्णय गरिएको हो । अलपत्र परेपछि अहिले चापागाईँलाई नियुक्ति गरेको छ । सीईओ नियुक्त भएका चापागाईँ पूर्वबैंकर हुन् ।

सानिमा बैंकको इटहरी शाखाका ब्रान्च म्यानेजरको रूपमा ३ वर्ष र असिस्टेन्ट जनरल म्यानेजरको रूपमा युनियन लाइफ इन्स्योरेन्समा काम गरेको उनीसँग अनुभव छ । उनले सानिमा लाइफ इन्स्योरेन्समा डेपुटी जनरल पनि रहे । 
 

प्रकाशित : १९ चैत २०८१, मङ्गलबार 14:41
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved