विराटनगर– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नाममा सामाजिक सञ्जाल ‘एक्स’ मा कसैले नक्कली एकाउन्ट खोलेर चलाएको आइतबार अपराह्न उनको नीजि सचिवालय प्रष्ट पारेको छ ।
यसै महिना प्रधानन्यायाधीशको नामबाट खोलिएको अकाउन्टबाट १० दिनअघिदेखि विभिन्न सामग्री पोस्ट एवं शेयर हुँदै आएको थियो । ६८ वटा विषयवस्तु पोष्ट भएको उक्त खातामा चर्चित पत्रकार, अधिवक्ता, उद्योगी व्यवसायी र नागरिक समाजका उपल्ला तप्काका झण्डै १४ हजार फलोअर छन् ।
प्रधानन्यायाधीशको सचिवालयले उक्त खाता खोल्ने काममा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन अनुसन्धान गर्ने निकायलाई निर्देशन दिएको जनाएको छ । प्रधानन्यायाधीसको नीजि सचिवालयले ‘नक्कली (फेक)’ अकाउन्ट भने पछि स्तब्ध भएको नाम चलेका एक फ्लोअरले भने । ‘प्रधानन्यायाधीशलाई जसले पनि फ्लो गर्न चाहन्छ,’ उनले भने,‘मैँले त रिप्लाइ र रिपोस्ट पनि गरेको छु, कसले चलाइरहेको होला ? बेइज्जत नै भएको महसुस भयो ।’
कतिपय अनलाइनहरूले प्रधानन्यायाधीशको एक्स अकाउन्ट ह्याक भएको भनी समाचार प्रकाशित गरेपछि प्रधानन्यायाधीशको सचिवालयले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो ।
सर्वोच्च अदालत र प्रधानन्यायाधीसकै मानमर्दन हुने गरी उक्त एकाउन्टबाट पोस्टहरु गरिएकाले राउतको निजी सचिवालयले यस बारेमा विज्ञप्ति नै जारी गरेर प्रष्टिकरण दिनु परेको छ । प्रधानन्यायाधीशको नाम र तस्बिर प्रयोग गरिएको उक्त अकाउन्ट प्रधानन्यायाधीशसँग सम्बन्धित नभएको उनको सचिवालयले भनेको छ ।
प्रधानन्यायाधीश राउतकै फोटो प्रयोग गरी ‘मिस्टर प्रकाश नेपाल’ नामबाट अकाउन्ट खोलिएको भन्दै प्रधानन्यायाधीशको सचिवालयले त्यसलाई भ्रामक भनेको छ । उक्त अकाउन्ट सुप्रिमकोटएनपीको नामबाट सञ्चालित थियो । विज्ञप्तिमा भनिएको छ, ‘हुँदै नभएको, कपोकल्पित र भ्रमात्मक विषयवस्तु ट्वीट एवं शेयर गरी सर्वोच्च अदालतको गरिमा र मर्यादा घटाउने तथा सम्माननीय प्रधान न्यायाधीशज्यूको व्यक्तित्वमा क्षयीकरण गराइ न्यायपालिकाप्रति भ्रम सिर्जना गर्ने दुष्प्रयास गरेकोले उक्त ट्वीटमा उल्लेख भएको झुट्ठो व्यहोरा प्रति विश्वास नगर्न सर्वसाधारण सबैमा अनुरोध गरिएको छ ।’
१० दिनमै यति धेरै फ्लोअर हुने कारण पछाडिको पृष्ठभूमि केलाउनु पनि जरुरी छ । फागुन १ को बिहीबार राति ११ बजेर ३७ मिनेटमा पहिलो पटक ट्विट गर्दै उक्त अकाउन्टले आफूलाई सर्वोच्च अदालतको आधिकारिक ह्यान्डल भएको दाबी गरेको थियो । यो अकाउन्टले शनिबारसम्म अदालत र सरकारसम्बन्धी ट्विटहरू गर्यो । तर शनिबार बेलुकी ७ बजेर ०५ मिनेटमा अकाउन्टले अचानक क्रिप्टोकरेन्सीको प्रचार गर्न थालेपछि शंका उत्पन्न भयो ।
त्यसपछि लगातार सात वटा ट्विट गर्दै ‘$नेपाल’ नामक टोकनलाई सरकारले अनुमोदन गरेको राष्ट्रको आधिकारिक क्रिप्टोकरेन्सी भएको झूटो दाबी गरिएको थियो । आइतबार साँझ पौने पाच बजे पोस्ट गरिएको अन्तिम ट्विटमा उक्त टोकन सोमबार ६ बजे सार्वजनिक गरिने घोषणा गरिएको थियो । नक्कली अकाउन्टले प्रधान न्यायाधीश राउतको तस्बिर प्रयोग गर्नुका साथै संस्थागत ‘ग्रे’ भेरिफिकेसन टिक प्राप्त गरिसकेको थियो । यसैले गर्दा धेरैले यसलाई आधिकारिक अकाउन्ट ठानेका थिए । यही कारण अकाउन्टका पोस्टहरू हजार बढी पटक शेयर पनि भइसकेका छन् ।
नक्कली अकाउन्ट सार्वजनिक भएपछि सर्वोच्च अदालतले प्रहरीलाई भ्रामक सामग्री हटाउन र दोषी पहिचान गरी कानुनी कारबाही गर्न निर्देशन दिनु परेको हो । सर्वोच्च अदालतका एक अधिकारीले नक्कली अकाउन्टबारे आइतबार बिहानै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको बताएका छन् । नेपाल प्रहरी साइबर ब्युरोका एक अधिकृतका अनुसार सार्वजनिक पदाधिकारीको नाममा नक्कली अकाउन्ट खोल्नु र नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी प्रवद्र्धन गर्नु गैरकानुनी कार्य बताएको बताएका छन् । साइबर ब्युरोका अनुसार नक्कली अकाउन्ट सञ्चालन गर्नेको पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ । ‘सामाजिक सञ्जाल कम्पनीहरूसँग समन्वय गरेर अनुसन्धान अघि बढाइसकेका छौँ’, ती अधिकृतले भने ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares