३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

नक्कली नेरु सहित सर्लाहीबाट ५ जना पक्राउ

द नेप्लिज संवाददाता
२८ फागुन २०८१, बुधबार

Advertisement

विराटनगर– विशेष सूचनाको आधारमा सर्लाही प्रहरीबाट खटिएको टोलीले चेकजाँच गर्दा नेपाली नक्कली रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ । 

भारतबाट तीन मोटरसाइकलमा आउँदै गरेकाबाट १ लाख ७६  नक्कली नेरु नोट बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले महोत्तरीको सोनमा–७ का सुल्तान मंसुर, रौतहटको गढीमाई–९ का रामनारायण सहनी, सर्लाहीको धनकौल–७ का दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी–२ का रामपृत सहनी र सिहानता कुमारी देवीलाई पक्राउ गरेको जानकारी दिएको छ ।

मलंगवा–८ स्थित गोरखकालीस्थित सडकखण्डमा जाँच गर्दा कार्टुनमा प्याक गरी ल्याउँदै गरेको १ हजार दरका १७६ थान नेपाली नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको विज्ञप्तिमा लेखेको छ ।  प्रहरीका अनुसार पक्राउ परेकाहरूले नोट साइजको सेतो बन्डल बनाइ बिचमा सादा सेतो पेपर राखी त्यसको तल र माथि एक÷एक हजारको नेपाली नक्कली नोट राखेका थिए । उनीहरुले यसरी ८८ वटा बन्डल लिएर नेपाल आउँदै गरेको प्रहरीले बताएको छ ।

प्रहरीको विशेष टोलीले बा ४७ प ८७५७, बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३९४९ नम्बरको तीनवटा भारतीय मोटरसाइकल बरामद गरेको छ । प्रहरीले उनीहरूको साथबाट चार थान मोबाइल पनि बरामद गरेको छ । उनीहरु विरुद्ध मुद्रा सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २८ फागुन २०८१, बुधबार 14:09
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved