विराटनगर– लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ सीले मोरङ कारागार प्रागंणमा प्रतिक्षालय निर्माण गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आतिथ्यमा सम्पन्न प्रतिक्षालय हस्तान्तरण कार्यक्रममा डिस्ट्रीक्ट तथा क्लबका पदाधिकारीहरुको उपस्थिति थियो ।
प्रजिअ यादवले सेवाका क्षेत्रमा सक्रिय लायन्सको यो सुन्दर कार्यक्रममा निम्तो गर्ने डिस्ट्रीक्ट परिवार प्रति आभार ब्यक्त गरेका छन् । लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसनको १ हजार ७ सय डलर र बाँकी ३२५ सि को बजेट गरि करिव ३ लाख रुपैयाँको लागतमा लायन्सको अन्तर्राष्ट्रिय परियोजना अन्तर्गत उक्त प्रतिक्षालय बनेको हो ।
आफूहरुले सदैव सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको डिस्ट्रीक्ट गभर्नर लायन विकास अधिकारीले जानकारी दिए । कारागारमा आफन्त भेट्न आउनेहरुका लािग बस्ने स्थानको अभाव थियो । उनले यो समस्यालाई मह्सुस गरेर लायन्सले प्रतिक्षालय निर्माणमा सहयोगी हातहरुलाई जोडेको बताए ।
समाचार
मधेसका पूर्वप्रदेश प्रमुख राजेश झामाथि नाबालिगसँग यौन दुर्व्यवहारको आरोप
द नेप्लिज संवाददाताउर्लाबारीमा २० वर्षीया र सुर्खेतमा १४ वर्षीयासँग बलात्कार
द नेप्लिज संवाददातासरकारमा जाने वित्तिकै सबै क्षेत्रमा सुधार गरिहाल्ने जादुको छडी कसैसँग छैनः उपप्रधानमन्त्री सिंह
द नेप्लिज संवाददातावीरगन्जमा पाँचौँ दिन पनि तनाव कायमै
द नेप्लिज संवाददातासत्तारुढ गठबन्धनभित्र गहिरिँदै संकट
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares