फाइल तस्बिर
काठमाडौँ — मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) विरुद्ध जबरजस्ती करणीसम्बन्धी अभियोगमा काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले झामाथि यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान थालेको पुष्टि गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार झामाथि एक नाबालिग किशोरीलाई वर्षौंदेखि शारीरिक र मानसिक यातना दिएको आरोपमा जाहेरी दर्ता भएको हो । बोहोराले भने, ‘फौजदारी कसुरमा जाहेरी परेको छ । अनुसन्धान प्रारम्भिक चरणमा छ ।’
चैत २५ मा अदालतबाट पक्राउ अनुमति
सर्वोच्च अदालत र जिल्ला अदालत स्रोतका अनुसार झाविरुद्ध चैत २५ मा पक्राउ पुर्जी जारी गरिएको हो । तर प्रहरीले हालसम्म झासँग सम्पर्क गर्न सकेको छैन । जिल्ला अदालत काठमाडौँका एक अधिकृतका अनुसार अदालतले फौजदारी कसुरअन्तर्गत पक्राउ अनुमति दिएको हो, जसको विषय यौन दुर्व्यवहारसम्बन्धी हो ।
महिला सेलद्वारा अनुसन्धान
भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको महिला तथा बालबालिका सेवा केन्द्र (महिला सेल) ले झाविरुद्ध अनुसन्धान सुरु गरेको छ । ‘अनुसन्धान भइरहेको छ कि घटनाको सत्यता के हो भन्ने कुरा पुष्टि गर्न हामी तथ्य संकलन गरिरहेका छौँ,’ प्रवक्ता बोहोराले भने ।
सञ्चारकर्मीदेखि प्रदेश प्रमुख सम्मको यात्रा
राजेश झा (अहिराज) मधेशवाणी साप्ताहिकका पूर्वसम्पादक तथा सञ्चार उद्यमी पनि हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ फागुन ७ मा तिलक परियारलाई पदमुक्त गरी झालाई मधेस प्रदेश प्रमुख नियुक्त गरेको थियो । तर करिब ६ महिनापछि २०७८ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारले उनलाई पदमुक्त गरेको थियो ।
हाल झा फरार अवस्थामा छन् भने प्रहरीले खोजी कार्य तीव्र बनाएको जनाएको छ । प्रहरीले झाविरुद्ध लागेको अभियोग पुष्टि भएमा कानुनी कारबाही अघि बढाउने बताएको छ ।
जाहेरीमा उल्लेखित किशोरीको उमेर १७ वर्ष बताइएको छ, जसअनुसार मुलुकी फौजदारी संहिताअनुसार जबरजस्ती करणी अन्तर्गत मुद्दा अघि बढाइएको हो । प्रहरीले औपचारिक रूपमा मुद्दा दर्ता भए, नभएको विषयमा सार्वजनिक जानकारी दिए पनि पूर्ण विवरण गोप्य राखिएको छ ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares