विराटनगर– उदयपुरको बेलका नगरपालिका–६ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । बेलका–६ स्थित मुर्ती खोला किनारमा ३९ वटा बोराभित्र प्लाष्टिकमा बेरी लुकाएर राखेको ८ सय ९१ किलो ४२३ ग्राम गाँजा वेवारीसे अवस्थामा बरामद गरेको हो ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको गस्ती टोलीले वेवारीसे अवस्थामा उक्त गाँजा बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । बरामद भएको गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखेको र उक्त गाँजा ओसार पसारमा संलग्न व्यक्तिको खोजी कार्यका साथै थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares