काठमाडौं– सरकारले तीनकुनेमा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाह जोडिएको ठहर गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सोमबार ज्ञानेन्द्र तर्फ संकेत गर्दै आपराधिक घटनामा कसैले पनि उन्मुक्ति नपाउने र फेरि राजा बन्छु भन्न चाहेको हो भने पछिल्ला श्रृंखलाबद्ध घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका थिए ।
ज्ञानेन्द्र बस्दै आएको निर्मल निवासमा नवराज सुवेदी र दुर्गा प्रसाईंसँग भएको भेटले पनि प्रधानमन्त्रीले शंका गरेका हुन् । उनले संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन निर्मल निवास र निकटस्थहरू नै सक्रिय रहेको बताएका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका सचिव फणिराज पाठकले तीनकुने प्रदर्शन र हिंसामा पूर्वराजालाई जोड्न खोजिएकामा आपत्ति जनाएका छन् ।
उनले राष्ट्रिय एकता र मेलमिलापबाहेक अरु चाहना पूर्वराजाको नभएको प्रष्ट गरे । आन्दोलनमा संलग्नसँगको भेटलाई पूर्वराजासँग जोड्नु पूरा अनुचित हुने बताए । उनले कतिपय दलकै नेताहरू पनि पूर्वराजासँग भेटिरहेको भन्दै कतिपय कुरा सार्वजनिक हुने र कतिपय नहुने गरेको बताए ।
‘राजाले सबैलाई भेट्ने, सबैका कुरा सुन्ने हो,’उनले एक सञ्चार माधयमसँग भने, ‘उहाँहरूकै दलका मान्छे पनि आउनु भएको होला, भेट्दिनँ भन्नु त भएन । त्यसैले सुवेदी, प्रसाईंलाई पनि भेटेको हो, तर कुनै षड्यन्त्र गर्न भेटेको होइन । नियमित र सामान्य किसिमकै भेट हो ।’
प्रमुख दलका नेताहरूले पूर्वराजाको भूमिकाकै कारण तीनकुनेको माहोल हिंसात्मक बनेको भन्दै उनलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने बताइरहेका छन् । उनको सेवासुविधा समेत कटौती हुनुपर्ने माग अघि सारिएको छ ।
पाठकका अनुसार १८ वर्षअघि गद्दी छाड्दा समेत हाँसीहाँसी गएका ज्ञानेन्द्रले यतिका वर्ष बाँचेको जीवनशैली हेरेर समेत गलत धारणा नबनाउन आग्रह गरे ।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares