विराटनगर- तीन बालक मिलेर एक घरबाट सुनको गहना तिलहरी चोरेर ल्याए । बेच्ने क्रममा कसको भागमा कति रकम पर्ने विवाद भयो । दुईले मिलेर एकको हत्या गरे ।
यो कुनै कथा होइन । दैलेखको दुल्लु नगरपालिकाकामा बाल अबोधपनमा भएको अपराध हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ती ११ वर्षीय बालकको हराएकै दिन माघ २५ मा बालकको हत्या भइसकेको खुलेको छ । हत्या आरोपमा दुई बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
बालक हराएपछि उनका परिवारले माघ २६ मा इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए।
बालक सम्पर्कविहीन हुनुअघि उनीसँग भएका साथीहरुलाई प्रहरीले सोधपुछ गरेपछि आफूहरुले हत्या गरेर घरनजिकको खोला छेउमा खाल्डो खनेर गाडेको बयान दिएका थिए।
उक्त बयानका आधारमा आइतबार १४ र १७ वर्षका बालकलाई नियन्त्रणमा लिइएको दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल दाहालले जानकारी दिए ।
पक्राउ गरिएका बालकको बयानका आधारमा खोजतलास गर्दा हराएका ती बालकको शव पुरिएको अवस्थामा भेटिएको थियो।
पक्राउ परेका दुवै बालकलाई प्रहरीको बाल निगरानी राखेर थप अनुसन्धान भइरहेको उनले बताए।
समाचार
मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल
द नेप्लिज संवाददातामोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares