३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

अन्नपूर्ण क्षेत्रमा हेलिकोप्टर उडाउँदा १० हजार शुल्क !

द नेप्लिज संवाददाता
२२ फागुन २०८१, बिहीबार

तस्बिर : कर्पोरेट नेपाल

Advertisement

विराटनगर– अन्नपूर्ण आधारशिविरमा उद्धार कार्य बाहेक हेलिकोप्टर उडाउन प्रतिबन्ध भए पनि उडान रोक्न नसकेपछि पालिकाले उडान खुला गर्न कानुन बनाइ दिएको छ । अन्नपूर्ण गाउँपालिकाले हेलिकोप्टर उडानमा पर्यटन शुल्क लिने गरी बनाएको कार्यविधि अनुसार अब कास्कीको अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर ल्यान्ड गर्दा कम्पनीले १० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । 

२०७९ मा बनाइएको कार्यविधिमा पालिकाले संशोधनसहित फागुन १ को राजपत्रमा प्रकाशन गरेको छ । योसँगै बेसक्याम्पमा व्यावसायिक उडान गर्न चाहने कम्पनीले पालिकामा ५ हजार रुपैयाँ बुझाएर सूचीकरण पनि गर्नुपर्छ । पालिकाबाट अनुमति लिएका कम्पनीले मात्रै वर्षैभरि उडान भर्न पाउने कार्यविधिमा उल्लेख छ । अन्नपूर्ण क्षेत्रमा प्रतिदिन बढीमा १२ वटासम्म मात्रै उडान गर्न पाउने गरी व्यवस्था छ । उडानलाई व्यवस्थित गर्न पोखरा विमानस्थल र बेसक्याम्पमा एक–एकजना कर्मचारी पालिकाले खटाउने छ ।
 
पालिकाका अनुसार गत वर्ष मात्रै यो क्षेत्रमा २७० व्यावसायिक उडान भएका छन् । हेलिकोप्टर उडान भर्दा यसअघि कम्पनीहरुले अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)बाट मात्रै अनुमति लिँदै आएका थिए । उनीहरूले एक्यापलाई प्रतिउडान तीन हजार रुपैयाँ बुझाउँथे । हेलिकोप्टमा जाने यात्रुहरूले पनि छुट्टै प्रवेश शुल्क बुझाउनुपथ्र्यो । 
एक्यापमा प्रवेश गर्दा सार्क मुलुकका पर्यटकले प्रतिव्यक्ति एक हजार र अन्य मुलुकका पर्यटकले प्रतिव्यक्ति तीन हजारका दरले शुल्क तिर्नुपर्ने व्यवस्था छ । अब भने पालिकालाई पनि थप शुल्क बुझाउनुपर्ने हुन्छ । अन्नपूर्ण गाउँपालिकासँग हाल सिम्रिक एयरले मात्रै शुल्क तिरेर उडान गर्नेगरी सम्झौता गरेको छ ।

गाउँपालिकाका अध्यक्ष विष्णु केसीले अनुमति नलिएका कम्पनीहरूले यो क्षेत्रमा उडान गर्न नपाउने बताए । गाउँपालिकासँग सम्झौता नगरेका बाहेक अन्यले उडान भर्न चाहेमा प्रतिउडान २० हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था कार्यविधिमा छ । हेलिकोप्टर उडानबाट उठेको रकमबाट तीन प्रतिशत पर्यटन सूचना केन्द्र सञ्चालन कोषमा खर्च गर्ने पालिकाले जनाएको छ । पर्यटन शुल्कबाट प्राप्त आम्दानी ११ नम्बर वडाको पर्यटन विकासमा खर्च गर्ने व्यवस्था कार्यविधिमा छ ।
 

प्रकाशित : २२ फागुन २०८१, बिहीबार 19:35
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved