एमाले मोरङको १० औँ अधिवेशन
विराटनगर– नेकपा एमाले मोरङको १० औँ जिल्ला अधिवेशन चलिरहेको छ । अधिवेशनको उद्घाटन सत्रमा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सदेश सुनाउँदै गुटबन्दी गर्ने छुट कसैलाई नभएको निर्देशन दिएका थिए । उनीसँगै उपमहासचिव प्रदिप ज्ञवाली, प्रदेश इञ्चार्ज शेरधन राई, जिल्ला इञ्चार्ज जीवन घिमिरेलगायतका नेताहरुले पनि पार्टीको अधिवेशनमा चुनावी प्रतिस्पर्धा नगर्न र सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर पार्टी नेतृत्वले पूर्वकेन्द्रीय सदस्य विनोद ढकाललगायत पूराना नेताहरुलाई पाखा लगाउन खोज्दा नेतृत्व चयन चुनावी होडबाजीमा गएको हो ।
नेतृत्व चयन चुनावी प्रतिस्पर्धाबाट हुने भएपछि जिल्लादेखि केन्द्रसम्मका नेताहरु दुई गुटमा विभाजित भएर छुट्टाछुट्टै प्यानल बनाई उम्मेदवारी दर्ता गराउन लगाएको छ । अधिवेशनमा प्रदेश इञ्चार्ज शेरधन राई, केन्द्रीय सदस्यहरु जीवन घिमिरे, रामलाल साह, पूर्वजिल्ला अध्यक्ष तथा सांसद ऋषिकेश पोखरेल, मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शराम बस्नेत, केन्द्रीय सदस्य रामलाल साह, पूर्वकेन्द्रीय सदस्य विनोद ढकाल, प्रदेश सांसद खडगबहादुर बस्नेत, जिसस प्रमुख अजम्बर राई, निवर्तमान विराटनगर महानगर अध्यक्ष सागर थापा, जिसस उपाध्यक्ष उषा झा, विराटनगर महानगरकी उपप्रमुख शील्पा कार्कीलगायत पालिकाका मेयर तथा पूराना नेताहरु दुई गुटमा विभाजित छन् ।
केन्द्रीय नेताहरुको समूहले अधिवेशनमा पूर्वप्रदेश सांसद राजकुमार ओझालाई अध्यक्ष, उपाध्यक्षमा शान्ति लिम्बू भूजेल, सचिवमा रविन थापा र उपसचिवमा इर्जालाल राजवंशी र महानगर उपप्रमुख शील्पा कार्कीलाई उम्मेदवार बनाएर चुनावी प्रतिस्पद्र्धामा होमिएका हुन् । यस्तै, पूर्वकेन्द्रीय सदस्यलगायत जिल्लाका पूराना नेताहरुले अध्यक्षमा जिसस प्रमुख अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झा ठाकुरको प्यानल बनाएर चुनावी दौडमा छन् ।
केन्द्रीय नेताहरुको समूहमा प्रदेश इञ्चार्ज शेरधन, केन्द्रीय सदस्य जीवन, पूर्वजिल्ला अध्यक्ष तथा सांसद ऋषिकेश, मुख्यमन्त्री कार्की, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेतलगायतले बनाएको प्यानललाई संस्थापन भनिएको छ भने पूर्वकेन्द्रीय सदस्य ढकाल, प्रदेश सांसद बस्नेत, जिसस प्रमुख राई, निवर्तमान विराटनगर महानगर अध्यक्ष थापा, जिसस उपाध्यक्ष झालगायत पालिकाका मेयर तथा पूराना नेताहरुको प्यानललाई इत्तर पक्ष भनिएको छ ।
संस्थापन भनाउँदा पक्षमा एमाले विभाजन हुँदा अर्को पार्टीमा पटक पटक पलायन हुँदै गएर फर्केका नेताहरुको समूह छ भने इत्तर पक्ष भन्नेमा आजीवन एमालेमा नै रगत पसिना बगाएका नेताहरु रहेको एमालेसम्बध नेताहरुको भनाइ छ । अविछिन्न रुपमा एमालेमा योगदान गर्ने नेताहरु संस्थापन नहुने तर पटक पटक अवसरवादी भएर फाइदा लिनेहरु आफूलाई संस्थापन पक्षको विल्ला भिडेको हेर्दा उदेक लागेर आएको एमालेका एक वृद्ध नेताको भनाइ थियो । ‘सधैँ अविछिन्न र अविचलित रुपमा उभिरहेका पार्टीका योद्धाहरुको समूहलाई पार्टीको इत्तर पक्षको भिल्ला भिडाउने हैसियत कसले दियो ?,’ ती नेताले भने, ‘जो सधैँ अवसरवादी भएर हिँडे के ऊ शुद्ध एमाले हुन ?’
पार्टीमा चित नबुझ्दा छोडेर जानु कुनै ठूलो विषय नभएको तर पुनः अवसर हेरेर फर्केर आएपछि फाइदा पनि लिने र आजीवन रगत पसिना बगाएकालाई इत्तर पक्ष भन्दै अपमान गर्न नपाइने उनको भनाइ थियो । उनले जो अविछिन्न र अविचलित रुपमा पार्टीका लागि रगत पसिना बगाउँदै आए उनीहरु नै संस्थापन भएको जिकिर गरे । अहिले चुनावी प्रतिस्पद्र्धालाई लम्ब्याएर अवसरवादीहरुले जिल्ला छाडेर काठमाडौंमा बसी फोनमार्फत आफूहरुको संस्थापन पक्षका उम्मेदवारलाई मतदान गर्न लविङ्ग गरिरहेको प्रति उनले आक्रोश पोखे । त्यसैले सधैं पार्टीमा खुट्टा टेके उही संस्थापन भएको पार्टी पँक्तिलाई बुझ्नु अपरिहार्य भएको उनको भनाइ छ ।
संस्थापन पक्ष भनाउँदाले इत्तर पक्ष भनाउँदालाई कमजोर बनाउन विराटनगर महानगर उपप्रमुख शील्पा निराला कार्कीलाई आफ्नो पक्षबाट जबर्जस्ती उम्मेदवारी दिन लगाएर चुनावी प्रक्रियालाई लम्ब्याएको एमाले नेता तथा कार्यकर्ताहरुको ठहर छ । कार्कीले आफू संस्थापन भनाउँदा पक्षबाट उम्मेदवार नबन्ने अडान लिइरहेका बीच अवसरवादीहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीबाट फोन गर्न लगाएर जबर्जस्ती उम्मेदवारी दिन लगाएको उनीहरुको आरोप छ । कार्कीलाई आउँदो स्थानीय तह निर्वाचनमा विराटनगर महानगर प्रमुखको उम्मेदवार बनाइदिने अध्यक्ष ओलीबाट आश्वासन दिन लगाएर उपसचिवमा उम्मेदवारी दिन बाध्य बनाइएको एमालेसम्बद्ध नेताहरुको भनाइ छ ।
कार्की अझै उम्मेदवारी फिर्ता लिएर इत्तर भनाउँदा पक्षमा नै बस्ने अडानमा रहेका कारण निर्वाचन समितिले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाश गर्न ढिलाइ गर्न बाध्य छन् । जसले आज बिहानैदेखि सुरु हुने भनिएको मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन । निर्वाचन समितिले उम्मेदवारी फिर्ताका लागि पटक पटक समय थप गर्न बाध्य भएको छ ।
पार्टीलाई एकताबद्ध बनाइ राख्न इमानदार केन्द्रीय नेताहरुको भूमिका पनि नदेखिँदा अहिलेको अवस्था निर्माण भएको एमालेका नेता तथा कार्यकर्ताको भनाइ छ । अधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयनका लागि पार्टीका उपाध्यक्ष तथा स्थानीय नेता गुरु वरालको भूमिका नदेखिनु दुर्भाग्यपूर्ण भएको एमालेसम्बद्ध नेता, कार्यकर्ताहरुको भनाइ छ । एमालेको ५ पदाधिकारीसहित १६५ पदका लागि ३४१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
समाचार
तस्करी–लेनदेन विवादमा गोली प्रहार, दुई पक्राउ, तीन फरार
द नेप्लिज संवाददाताटोखा विदेशी मुद्रा काण्डमा दुई जनाविरुद्ध मुद्दा, २५ करोड बराबरको बिगो माग
द नेप्लिज संवाददाताएमाले विराटनगर अधिवेशनमा देखियो गहिरिँदो आन्तरिक फाटो : मंच बहिष्कारदेखि संस्थापन–इतर टकरावसम्म
द नेप्लिज संवाददाताभण्डारीको नेतृत्व आकांक्षामा ओली चिन्तित : एमालेमा आन्तरिक द्वन्द्व चुलिँदै
द नेप्लिज संवाददातावीरगन्ज फेरि तनावग्रस्त : तीन युवा पक्राउपछि हिन्दूवादी प्रदर्शन, पत्रकार घाइते
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares