४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

जलवायु परिवर्तनको असरले कोशीमा १८ हजार बसाइँसर्न बाध्य

द नेप्लिज संवाददाता
७ फागुन २०८१, बुधबार

Advertisement

विराटनगर– अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)कोशीले विराटनगरमा एक कार्यक्रमको आयोजना गरी नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ सार्वजनिक गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग कोशीका निर्देशक बीरबहादुर बुढामगरले उक्त वर्ष पुस्तक सार्वजनिक गरेका हुन् । 

वर्ष पुस्तकमा कोशी प्रदेशलगायत देशभरिमा सन् २०२४ मा भएको मानवअधिकार हनन् र जलवायु परिवर्तनको असर र यसले मानव अधिकारमा परेको प्रभावको तथ्यांक समेटिएको छ । कोशी प्रदेशमा विगत वर्षको तुलनामा गत वर्ष मानवअधिकार हनन्को घटनामा वृद्धि भएको तथ्यांक वर्ष पुस्तकमा उल्लेख छ । मानव अधिकार उलंघन सूचकांकमा सात वटै प्रदेशमध्ये कोशी प्रदेश चौंथो स्थानमा रहेको छ । पहिलो स्थानमा सुदूरपश्चिम र अन्तिम स्थानमा बागमति प्रदेश रहेको इन्सेक कोशी प्रदेशले जनाएको छ ।

कोशीमा गत वर्ष मानव अधिकार हननेको घटनामा १ हजार ६९४ जना पिडीत भएको इन्सेक कोशी संयोजक मनोहर पोखरेलले बताए । उनले यो तथ्यांक विगत वर्षमा अर्थात् सन् २०२३ मा १ हजार ४२५ रहेको थियो । राज्य पक्षबाट मानव अधिकार उलंघनको घटनामा गत वर्षको तथ्यांकले सुधार भएको देखिएको छ । सने २०२३ मा राज्य पक्षबाट ११६ जना पिडीत भएकोमा गत वर्ष ४१ जना मात्रै पिडीत भएका छन् । यस प्रदेशमा राज्यको नियन्त्रणमा गत वर्ष ६ जनाको मृत्यु भएको छ । प्रहरी हिरासतमा एक र कारागारमा ५ जनाको मृत्यु भएको हो । 

बाल अधिकार हनन्को घटनामा १ हजार १४०, बलात्कारका घटनामा १७६, बलात्कारपछि २ जनाको हत्या, बलत्कार प्रयासमा २०, कथित बोक्सी आरोपमा २, दाइजोजनितमा २, सामूहिक बलात्कारमा एक, अत्याचारमा १४, वैवाहिक बलात्कारमा तीन, मानव बेचबिखनमा दुई, यौनजन्इ साइबर क्राइममा एक, घरेलु हिंसामा ८८३ र परिवारजनबाट हत्याका घटनामा ३४ जना गरी १ हजार १४० जना महिला पीडित भएका छन् । 

यस प्रदेशमा गत वर्ष वायु प्रदुषण, पानीको मुहान सुकेर, बाढी पहिरोलगायत प्राकृतिक विपदमा परेर १८ हजार ५३२ जना बसाइँसराइ गर्न बाध्इ भएको तथ्यांक इन्सेक कोशीले सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार यस प्रदेशमा जलवायु परिवर्तनको असरले बसाइँसराइ दर उच्च रहेको देखाएको छ । 

संयोजक पोखरेलले इन्सेकले स्थापनाकालदेखि नै मानव अधिकार अनुगमन, अभिलेख, प्रसार र पैरवीजस्ता क्रियाकलापबाट मानव अधिकारको संरक्षण र सम्बद्र्धन गर्दै आएको जानकारी दिनुभयो । इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तक, अनलाइन, स्थितिसूचक, प्राचीलगायत विषयगत प्रतिवेदनहरु तथ्य, तथ्यांक, विश्लेषण र अनुगमनको आधारमा पुनर्पुष्टि गरेर मात्र सार्वजनिक गर्ने भएकोले यो विश्वसनीय बनेको तथा यसले मानव अधिकार संरक्षणको पैरवी गर्ने काममा सहयोग पुरयाउँदै आएको पोखरेलले बताउनु भयो । पोखरेलका अनुसार प्रलेखन र पैरवीको कार्यले मानव अधिकार उल्लङ्घनका घटना न्यूनिकरण गराउन र नीतिगत तथा कानुनी संरचनामा सुधार ल्याउन सहयोग पुरयाउँदै आएको छ । उनले कोशी प्रदेशमा कारागारहरू जीर्ण, दयनीय भएको, क्षमताभन्दा तेब्बर सङ्ख्यामा कैदिबन्दी राखिएको बताउनु भयो । सरकारी संरचनाहरु समेत अपाङ्गमैत्री नभएको र कार्यालयहरु महिला र मानवअधिकारमैत्री हुन नसेकेको पोखरेलले बताए। 

सुशासन र जवाफदेहीताको खोजी, न्याय र अवसरबाट वञ्चित पार्ने भ्रष्टाचार, प्रकृतिको दोहन र वातावरण विनाशले जीवनमा पार्दै लगेको संकटका बारेमा वर्ष पुस्तकमा यथेष्ट चर्चा गरिएको छ । “स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक मौलिक हक हो, जीवनसँग सम्बन्धित स्वच्छ, स्वस्थ र दिगो वातावरण मानव अधिकारको विशिष्ट मान्यता हो ।” उनले भने “वातावरणीय विनाश गम्भीर मानव अधिकारको सवाल भएकोले मानव अधिकार अभियान प्रभावकारी पार्न वातावरणमैत्री विकास र प्रकृतिको संरक्षण आवश्यक छ ।” 

राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशका प्रमुख विरबहादुर बुढा मगरले मानव अधिकार हननका घटनासँगै वातावरणीय पक्षलाई पनि इन्सेकले उठान गर्नु सरहानिय कार्य भएको बताए । उनले वातावरण विनाश र जलवायु परिवर्तनबाट जोखिममा परेका र  सीमाङ्कृत समुदाय बढी प्रभावित हुने गरेको बताए । उनले लोकतन्त्र र मानव अधिकार एक अर्काका परिपुरक भएको धारणा राख्नु भयो । पछिल्ला वर्षहरूमा नेपालमा नागरिक तथा राजनीतिक अधिकारको अवस्था सुधार हुँदै गएको भए पनि महिला र बालबालिका माथि हुने हिंसाका घटना बढ्दै जानु चिन्ताको विषय भएको बताए । मगरले मानव अधिकार हननका घटनामा पीडित भएकाहरूको न्यायका लागि सबै अधिकारकर्मी संघ संस्थाहरूले मिलेर काम गर्न आबश्यक रहेको बताए । 

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सचिव अरविन्द मेहताले कोशी प्रदेशमा पत्रकारलगायत मानब अधिकार रक्षकहरूसमेत पीडित बन्नु परेको अवस्थाबारे सरकार र मानव अधिकार आयोगको ध्यानाकर्षण हुनुपर्ने बताए । अधिकारकर्मी बासु अधिकारीले कोशी प्रदेशमा यौन हिंसा र दुव्र्यवहारका घटनाबाट बालिकाहरू पीडित भइरहेको देखिएकाले यसतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुनु आबश्यक रहेको उनले बताए । यौन दुव्र्यबहारका घटनाबाट बालिका मात्रै नभई बालकसमेत पीडित हुने गरेको उनको भनाई छ । मानब अधिकारकर्मी मञ्जीता उपाध्यायले मानव अधिकार रक्षकमाथि हुने हिंसाका विषयमा मानव अधिकार आयोगको  ध्यानाकर्षण गराउनु भयो । कार्यक्रममा अधिकारकर्मी त्रिलोक न्यौपानेले इन्सेकले बर्ष पुस्तक मात्रै नभई मानव अधिकार हननका घटनाको विगत र वर्तमानबारे तुलना गरेर छुट्टै पुस्तक पनि प्रकाशन गर्न सुझाव दिए । 

कार्यक्रममा इन्सेक कोशी प्रदेशका प्रलेख अधिकृत पुण्यप्रसाद  अधिकारीले कोशी प्रदेशका १४ जिल्लामा अभिलेख गरिएको  तथ्याँक विश्लेषण गर्दा गत वर्ष भन्दा यस वर्ष अवस्था झन् खराब देखिएको बताए । 

प्रकाशित : ७ फागुन २०८१, बुधबार 20:31
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved