काठमाडौँ — सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणको सम्पूर्ण कामलाई तत्कालका लागि यथास्थितिमा राख्ने आदेश दिएको छ । यामबहादुर लिम्बू र अन्यक द्वारा दायर गरिएको रिटको आधारमा शारंगा सुवेदीको इजलासले पाथीभरा दर्शन केबलकार प्रालिविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
अदालतको आदेश अनुसार दुवै पक्षलाई चैत २६ मा छलफलका लागि बोलाइएको छ । आदेशमा भनिएको छ, ‘निवेदनमा उठाइएको विषयवस्तुको प्रकृति र गम्भीरता हेर्दा दुवै पक्षको सुनुवाइ गरी अन्तरिम आदेश जारी हुने या नगर्ने भन्ने विषयमा निष्कर्षमा पुग्न उपयुक्त हुने देखिन्छ ।’
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आदिवासी, जनजाति लगायतका समुदायले आन्दोलन गरेका छन् । केबलकार निर्माणले आफ्नो सांस्कृतिक आस्थामाथि अतिक्रमण हुने उनीहरूको दाबी छ ।
समाचार
उपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताविराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares