विराटनगर– महेन्द्र मोरङ क्याम्पस स्ववियू निर्वाचनका नेविसंघ शेखर कोइराला समूहको सभापति उम्मेदवार योगराज दाहालले निर्वाचन अधिकृतले समस्या समाधान नगरी जबर्जस्ती चुनाव गराउन खोजिए आत्मदाह गर्ने चेतावनी दिएका छन् । निर्वाचनको मौन अवधि सुरु भइसकेपछि सभापति उम्मेदवार दाहालले आइतबार पत्रकार सम्मेलन गरी समस्या समाधानको माग गरेको हो ।
उनले पत्रकार सम्मेलनमा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सांसद अमृत अर्याल र कांग्रेस मोरङ उपसभापति तथा विराटनगर महानगर प्रमुख नागेश कोइरालासँगको मिलेमतोमा स्ववियू निर्वाचन अधिकृत शुशिल अधिकारीले आफूहरुले नेविसंघको आधिकारिक्ताको चिठ्ठी दिँदादिँदै पनि स्वतन्त्र उम्मेदवारको सूचीमा आफ्नो प्यानलको नाम सार्वजनिक गरेको आरोप छ । क्याम्पस प्रशासनले फर्जी विद्यार्थीहरुको नाम मतदाता सूचीमा प्रकाशन गरेकोलाई अविलम्ब सच्याउनु पर्ने उनको माग थियो । उनले नेविसंघको मोरङ सभापति सरोज पोखरेललगायतलाई कुटपिट गर्नेलाई पक्राउ नगरिए आत्मदाह गर्न बाध्य हुने चेतावनी दिएको हो ।
यसैबीच ननेविसंघ मोरङका सचिव गुड्डु साहले पनि आइतबार विज्ञप्ती जारी गरी महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको योगराज दाहाललाई प्यानललाई स्वतन्त्र उम्मेदवार बनाउने कार्य सच्याउन माग गरेको छ ।
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares