६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

भारतलाई चेतावनी, पाकिस्तानको प्रशंसा

द नेप्लिज संवाददाता
२२ फागुन २०८१, बिहीबार

Advertisement

विराटनगर- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंम्पले कांग्रेसको संयुक्त सत्रमा  करको सवालमा भारत, चीन, कनाडा र दक्षिण कोरियासहित समेत धेरै मुलुकलाई घेराबन्दी गर्दै सबैको विरुद्ध २ अप्रेलदेखि बराबर कर ( रेसिप्रोकल ट्यारिफ) लगाउने घोषणा गरेका छन् ।

ट्रम्पले भाषणमा पाकिस्तानको प्रशंसा गरेका छन् । पाकिस्तानको प्रधानमंत्री शहबाज शरिफले ट्रम्पलाई धन्यवाद दिएका छन् । ट्रम्पले भने, 'अरु मुलुकले वर्षौँदेखि हाम्रो विरुद्ध कर लगाइरहेका छन्, अब मेरो पालो हो, यूरोपेली यूनियन, चीन, ब्राज़िल, भारत, मेक्सिको, कनाडा र अन्य सबै देश अमेरिकाको तुलनामा धेरै बढी कर लगाउँछन् , यो ठूलो अन्याय हो ।'

भारतको विशेष उल्लेख गर्दैै ट्रम्पले भने, 'भारतले अमेरिकी गाडीमा शतप्रतिशत कर लगाउँछ । चीनले अमेरिकी सामानमा हामीभन्दा दोब्बर कर लगाउँछ ।  दक्षिण कोरियाको औसत कर अमेरिकाको तुलनामा चार गुना बढी हो ।'

भारतकाे प्रधानमन्त्री नरेन्द्र मोदीले फेब्रुअरी २०२५ मा  अमेरिका पुगेको बेला पनि  भारतले धेरै कर लगाउने गरेको जिकिर गरेका थिए । 'नयाँ कर नीतिले अमेरिकालाई पुनः धनी र महान बनाउने छ, द्रुत गतिले यसलाई कार्यान्वयनमा ल्याउँदा अर्थव्यवस्थामा अलिक कठिनाइ आउन सक्छ, तर हामी सम्हाल्छौँ ,' ट्रम्पले भने ।

मोदीसँगको साझा पत्रकार सम्मेलनमा भारतलाई सबैभन्दा बढी कर असुल्ने मुलुक बताएका थिए । ' अमेरिकी कम्पनी हार्ले-डेविडसनले करकै कारणले भारतमा आफ्नो मोटरसाइकल बेच्न पाइरहेको थिएन । यो अत्यधिक करबाट बच्न उसले भारतमै कारखाना खोल्यो ।' अमेरिकामा पनि यो गर्न सकिने उनले बताए ।

ट्रम्पले भने, 'अरु मुलुकले पनि अमेरिकामा कारखाना  वा  प्लांट खोल्न सक्छन् । अमेरिकामा निर्माण गर्नुभयो भने कुनै कर तिर्नु पर्दैन। यसले अमेरिकामा रोजगारी पनि बढ्नेछ।'

बरोबर कर नीतिको मार्गमा अमेरिका अघि बढे पछि क्यानाडाको प्रधानमंत्री जस्टिन ट्रूडोले आफ्नो अर्थव्यवस्थाको बचाउका लागि  कदम उठाउने बताएका थिए । ट्रम्पले  मेक्सिको र क्यानाडा माथि २५ प्रतिशत र चीनमाथि  अतिरिक्त दश प्रतिशत कर लगाउने घोषणा गरेका थिए ।

पीटरसन इन्स्टिच्युट फर इंटरनेशनल इकोनोमिक्सले जनवरीमा सार्वजनिक गरेको एक रिपोर्टमा क्यानाडा र मेक्सिकोमा २५ प्रतिशत कर लगाउँदा दुवै मुलुकसँगै  अमेरिकाको विकास पनि सुस्त हुन्छ, महंगी बढ्छ । तर जवाफमा क्यानाडाका प्रधानमंत्री जस्टिन टूड्रोलेब पनि  १५५ अर्ब डलर मूल्यको अमेरिकी सामानमा  २५ प्रतिशत कर लगाउने घोषणा गरे ।

क्यानाडाले अमेरिकी  बियर, वाइन, बोरबन,फल और फलको रस, तरकारी, इत्र, कपड़ा र जूता, घरेलू उपकरण, खेल  सामग्री, फर्निचर, काठ र प्लास्टिकमा पनि कर लगाउने भएको छ ।

ट्रंम्पले  संसदको संयुक्त सत्रमा झण्डै दुई घन्टा दिएको भाषणमा अमेरिकी अध्यागमन नीति, यूक्रेन कानून-व्यवस्थासँग जोडिएको मुद्दामा बोले । यही क्रममा उनले  अफ़ग़ानिस्तानमा एक कट्टरपन्थी आक्रमणका मास्टरमाइंडलाई पक्राउ गर्नमा सहयोग गरेकाले पाकिस्तानको प्रशंसा गरेका थिए । यसकै जवाफमा पाकिस्तानका प्रधानमंत्री शहबाज़ शरीफले ट्रम्पलाई धन्यवाद दिएका थिए ।

शरीफले सामाजिक सञ्जाल मञ्च 'एक्स' मा लेखे, 'यो पूरा इलाक़ामा काउंटर टेररिज़्मको प्रयासमा पाकिस्तानको भूमिका र मददको सराहना गरेकोमा तअमेरिकी राष्ट्रपति ट्रंम्पलाई धन्यवाद दिन चाहन्छु ।'

पाकिस्तानको सुरक्षाबलले हालै आईएसकेपीको शीर्ष कमांडर अफगानी मुलको शरीफ़ुल्लाहको पक्राउमा अमेरिकालाई सहयोग गरेको थियो । अफगानिस्तान-पाकिस्तान बोर्डरमा गरिएको विशे कारवाहीमा शरीफुल्लाहलाई नियन्त्रणमा लिइएको थियो ।

पाकिस्तानी प्रधानमन्त्री शरीफ़ले आतंकवाद विरुद्ध  पाकिस्तानले अहम भुमिका निर्वाह गरिरहेको बताए । आतंकवाद विरुद्धको अभियानमा अहिले सम्म पाकिस्तानको ८० हज़ार नागरिक र सुरक्षाकर्मी मारिएको उनले बताए । यो क्षेत्रमा शान्ति र स्थिरताका लागि अमेरिकासँग मिलेर काम गर्ने प्रतिबद्धता प्रकट गरेका छन् ।

सन २०२१ मा अफ़ग़ानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने क्रममा काबुल विमानस्थलमा आत्मघाती  आक्रमणको मुख्य आरोपी कट्टरपन्थी शरीफ़ुल्लाह‌ थिए । ट्रम्पले भने, ' काबुल विमानस्थलमा अमेरिकी सैनिक माथि आक्रमण गर्नेलाई पक्राउ गरिएकाे सुनाउँदा खुशी लागेको छ ।' उक्त आक्रमणमा १६० अफगानी र १३ अमेरिकी सैनिकको ज्यान गएको थियो ।
कट्टरपन्थी संगठन इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको थियो ।

प्रकाशित : २२ फागुन २०८१, बिहीबार 11:00
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved