काठमाडौँ– प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयका कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न परिपत्र गरेको छ । प्रधान कार्यालयले देशभरका प्रहरी युनिटहरूलाई पत्र पठाएको खुलासा भएको छ ।
परिपत्रमा भनिएको छ, ‘हालको अवस्थालाई मध्यनजर गरी अर्को आदेश नभएसम्म त्यहाँ तथा अन्तर्गतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूको अति आवश्यक अवस्थामा बाहेक राजीनामा सिफारिस तथा स्वीकृत नगर्नुहुन अनुरोध ।’
प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यद्वारा हस्ताक्षरित परिपत्रमा आन्दोलन लगायतका परिस्थितिलाई ध्यानमा राखेर राजीनामा स्वीकृत नगर्न भनिएको छ । प्रहरी विधेयकमा औषधी उपचार खर्च कटौती गर्ने प्रस्ताव गरिएको हल्ला फैलिएपछि केही समयअघि देखि राजीनामा दिने क्रम बढेको छ ।
तर विधेयकमा खाइपाई आएको सुविधा थयावत राखिएको छ । कनिष्ठ प्रहरीहरूको राजीनामा आफू कार्यरत युनिटको कमान्डरले स्वीकृत गरेर प्रहरी प्रधान कार्यालयमा बोधार्थ पठाउने कानुनी व्यवस्था छ ।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares