२३ जेठ २०८२, शुक्रबार 06 Jun 2025, Friday

पूर्वराजपरिवारद्वारा नारायणहिटी दरबारभित्र पूजाअर्चना

द नेप्लिज संवाददाता
१० जेठ २०८२, शनिबार

Advertisement

काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, पूर्वअधिराजकुमारी प्रेरणा र पूर्वनवयुवराज हृदयेन्द्र शाहले शनिबार साँझ नारायणहिटी दरबार परिसरभित्र रहेको चतुव्र्यूह नारायणधाम मन्दिरमा सामूहिक पूजाअर्चना गरेका छन्।

उक्त मन्दिर नारायणहिटी दरबारसँगै जोडिएको छ । यसलाई पूर्वराजपरिवारका सदस्यहरूले नियमित दर्शन र पूजा गर्ने पवित्र स्थलका रूपमा मानिन्छ। यसै मन्दिरको नाममा नारायणहिटी दरबारको नामाकरण गरिएको छ।

पूर्वनवयुवराज हृदयेन्द्र शाह केही दिनअघि अमेरिकाबाट नेपाल फर्किएका हुन्। उनी अमेरिकाको बोस्टनमा अध्ययनरत छन् ।  विदामा स्वदेश आएका नाति हृदयेन्द्रलाई लिएर पूर्वराजपरिवार उक्त मन्दिरमा आराधना गर्न पुगेको थाहा पाएर नागरिक समाजको भीड लागेका थियो । पूर्वराजपरिवारले स्थानीयसँग संवाद गरिरहेका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

#पूर्वराजपरिवार

प्रकाशित : १० जेठ २०८२, शनिबार 21:57
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved