काठमाडौँ — नेपालमा फागुनमा मात्र ४ हजार ४ सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । प्रहरीका अनुसार तीमध्ये सबैभन्दा धेरै बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । बैंकिङ कसुरका १ हजार १ सय २७ मुद्दा दर्ता भएका छन्, जसले कुल मुद्दा सङ्ख्याको २५.२२ प्रतिशत हिस्सा ओगटेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यका अनुसार बैंकिङ कसुरका मुद्दामध्ये चेक बाउन्ससम्बन्धी मुद्दा प्रमुख छन्। प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराध पनि बढ्दो क्रममा रहेको उनको भनाइ छ ।
अन्य प्रमुख आपराधिक मुद्दाहरू
सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका : ५२१ मुद्दा
आत्महत्यासम्बन्धी : ५०१ मुद्दा
लागुऔषध सम्बन्धी : ४१९ मुद्दा
चोरी : २८६ मुद्दा
जबर्जस्ती करणी : १६८ मुद्दा
ठगी : १६२ मुद्दा
सवारी ज्यान : १५४ मुद्दा
ज्यान मार्ने उद्योग : ७१ मुद्दा
कर्तव्य ज्यानसम्बन्धी : ४२ मुद्दा
प्रदेशगत अपराधको स्थिति
काठमाडौं उपत्यकामा सबैभन्दा बढी १ हजार ३ सय ३७ मुद्दा दर्ता भएका छन् । अन्य प्रदेशमा दर्ता भएका मुद्दाहरू निम्नानुसार छन् :
मधेस प्रदेश : ७१५ मुद्दा
कोशी प्रदेश : ६६५ मुद्दा
लुम्बिनी प्रदेश : ६१२ मुद्दा
बागमती प्रदेश : ३७६ मुद्दा
गण्डकी प्रदेश : ३२३ मुद्दा
सुदूरपश्चिम प्रदेश : २७९ मुद्दा
कर्णाली प्रदेश : १६१ मुद्दा
प्रवक्ता आचार्यका अनुसार अपराधका घटनाहरू रोकथाम गर्नका लागि प्रहरी सक्रिय रहेको छ। प्रविधिको प्रयोग, जनचेतनामूलक कार्यक्रम तथा अपराध अनुसन्धानलाई सशक्त पार्दै अपराध नियन्त्रण गर्ने रणनीति अख्तियार गरिने उनले जानकारी दिए।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares