६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

निशाको क्रुरतापूर्वक हत्या भएको खुलासा

द नेप्लिज संवाददाता
१६ फागुन २०८१, शुक्रबार

Advertisement


विराटनगर– हराएको ५ महिनापछि कंकालको स्वरुपमा भेटिएकी काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–११ की निशा लामाको हत्या क्रुरतापूर्वक भएको अनुसन्धानमा खुलेको छ । गत १५ असोजमा औषधी किन्न पाँचखालको तामाघाट जान लागेको भनेर घरबाट हिँडेकी निशाको त्यसपछि अत्तोपत्तो थिएन ।

प्रहरीका अनुसार पक्राउ गरिएका ३६ वर्षीय  सुनिल रञ्जितकारले बयानको क्रममा  आफूले हत्या गरेको स्वीकारेका छन् । ढुंगाले टाउकोमा पटकपटक प्रहार गरी आफूले निशालाई मारेको उनले प्रहरी बयानमा भनेका छन् । मृतकको शव जंगलमै लुकाएर उनी फरार भएका थिए ।

जबर्जस्ती करणीको अभियोगमा फसाइदिन्छु भन्दै निशाले धम्की दिएपछि आवेशमा आएर धारिलो हतियार र ढुंगाले टाउको तथा संवेदनशील अंगमा प्रहार गरेको रञ्जितकारले बताएको प्रहरीले जनाएको छ । प्रहरीले बिहीबार रञ्जितकारलाई पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको हो ।

 निशा लामाको हत्या आरोपमा पक्राउ परेका काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका– ६ का ३६ वर्षीय सुनिल रञ्जितकार । तस्वीर : काभ्रे प्रहरी ।

बुधबार (१४ फागुनमा) दिउँसो पाँचखाल–३ मा रहेको काफ्लेडिही नजिकैको जंगलमा निशाको कंकाल फेला परेको हो । प्रहरीका अनुसार कंकालसँगै ब्याग, चप्पल भेटिएको र ब्यागमा निशा लामाको नाममा काटिएको लेडिज टेलरको बिल फेला परेको थियो । यसकै आधारमा मृतकको सनाखत गरिएको प्रहरीले जनाएको छ । निशाका पति राइफल लामाले पनि कंकाल पत्नीको भएको पहिचान गरे पछि अनुसन्धा छिछिटो अघि बढ्यो ।

कंकालको पहिचान भएलगत्तै प्रहरीले प्रविधिको सहायताले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानकै क्रममा प्रहरीले काभ्रेपलाञ्चोक धुलिखेल–६ का रञ्जितकारलाई पक्राउ गर्यो । रन्जितकारविरुद्ध निशाका पति राइफल लामाले जाहेरी समेत दिइसकेका छन् । रञ्जितकारले निशालाई बनेपामा भेटी ललाइफकाइ झुक्याएर काफ्लेडिहीको जंगलमा लगेको उनले किटानी जाहेरी दिएका छन् ।

 

प्रकाशित : १६ फागुन २०८१, शुक्रबार 00:29
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved