३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

२०८२ मा ८८ दिन सार्वजनिक बिदा

द नेप्लिज संवाददाता
१ वैशाख २०८२, सोमबार

Advertisement

काठमाडौँ– आजदेखि सुरु भएको नेपाली वर्ष २०८२ मा कुल ८८ दिन सार्वजनिक बिदा हुने भएको छ । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाको विवरण सार्वजनिक गरेको हो ।

राजपत्रमा प्रकाशित जानकारीअनुसार ५२ वटा शनिबार परेका छन् जुन नियमित सार्वजनिक बिदा हुन् । बाँकी ३६ दिन विभिन्न चाडपर्व र दिवसहरूका लागि सार्वजनिक बिदा दिइने उल्लेख छ । विशेष गरी दशैंका लागि ७ दिन र तिहारका लागि ५ दिन सार्वजनिक बिदा तोकिएको छ । यी दुई ठूला पर्वबाहेक अन्य चाडपर्वको लागि २८ दिन बिदा छुट्याइएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय महिला दिवस, अन्तर्राष्ट्रिय मजदुर दिवस, प्रजातन्त्र दिवस, शहीद दिवस, गणतन्त्र दिवस र संविधान दिवस गरी ६ दिन देशभर लागू हुने राष्ट्रिय दिवसको रूपमा सार्वजनिक बिदा दिइनेछ । प्रदेश सरकार र स्थानीय तहहरूले आफ्नो क्षेत्रका विशेष पर्व वा सांस्कृतिक महत्वका दिनमा थप बिदा दिनसक्ने व्यवस्था पनि राजपत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित : १ वैशाख २०८२, सोमबार 11:43
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved