विराटनगर– परराष्ट्रमन्त्री आरजु राणा देउवाले चरमपन्थी समूह हमासको नियन्त्रणबाट नेपाली युवक विपीन जोशी चाँडै मुक्त हुने बताएकी छन् ।
ओमानको राजधानी मस्कटमा कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुरैखीसँग शिष्टाचार भेटवार्ता पछि उनले सामाजिक सञ्जालमा उक्त जानकारी दिएकी हुन् । ‘अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्धक बनाइएका विपीन जोशीको सुरक्षित रिहाइ गर्ने प्रयासहरूबारे पनि छलफल गर्यौँ । आशा गर्छौँ, जोशी चाँडै रिहा हुनेछन्,’मन्त्री राणाले एक्समा भनेकी छन् ।
केही समय अघि पनि मन्त्री राणाले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँगको फोन वार्तामा यही आग्रह गरेकी थिइन् । खुलाइफी इजरायल सरकार र हमासबीचको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता छन् ।
मन्त्री राणा ‘८ औं हिन्द महासागर सम्मेलन २०२५’ मा सहभागि हुन गत शुक्रबार ओमानको मस्कट गएकी हुन् । सम्मेलनको क्रममा मन्त्री राणा र कतारका विदेश राज्यमन्त्रीबीच संवाद भएको हो । मन्त्री राणाले जोशीको रिहाइका लागि सहयोग गरिदिन मन्त्री मुराइखीसँग आग्रह गरेकी थिइन् ।
मन्त्री राणाले इजराइल सरकार र हमासका बीचमा मध्यस्थता गरी युद्धविराम र शान्ति वार्ताका लागि कतार सरकारको भूमिकाको प्रशंसा गरेकी थिइन् । विपिनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास गरिहेको छ । मन्त्री राणाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरू र बैठकहरूमार्फत विपिनको रिहाइका लागि जोडबल गर्दै आएकी छिन् । सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण पछि हमास समूहले गरेको अपहरणमा विपिन पनि परेका थिए ।
कतारका विदेश राज्यमन्त्रीसँग नेपाल–कतार सम्बन्धका साथै द्विपक्षीय र बहुपक्षीय सहयोग सम्बन्धी विषयहरूमा छलफल भएको थियो । भेटमा दक्ष प्राविधिक कामदारको आवश्यकता र कतारमा नेपाली विद्यार्थीका लागि छात्रवृत्तिको अवसरहरू प्रदान गर्ने बारेमा पनि जानकारी आदानप्रदान भएको थियो ।
समाचार
दरबार हत्याकाण्डको स्मृतिमा दीप प्रज्वलन
द नेप्लिज संवाददातासिफल चौरमा राजसंस्था पुनःस्थापनाको मागसहित आन्दोलन, राप्रपाका शाहीले प्रधानमन्त्री ओलीलाई दिए ‘भ्रष्टाचारी झोले’ को संज्ञा
द नेप्लिज संवाददातारेडपान्डा चिच्याएपछि चोरहरु भागेका थिए...
द नेप्लिज संवाददाताहिन्दुराष्ट्र र राजसंस्थाका लागि पहिलो चरणको आन्दोलन सम्पन्न, दोस्रो चरणको तयारीमा राजावादीहरू
द नेप्लिज संवाददातासर्वोच्च अदालतको परमादेशले अप्ठेरोमा सरकार र माओवादी केन्द्र
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares