उडिसामा नेपाली छात्रा मृत्यु प्रकरण
विराटनगर– भारतको उडिसामा नेपाली छात्राको मृत्युको घटनाले विद्यार्थीहरुमा आक्रोस बढ्दै गएको छ । आक्रोशित विद्यार्थीहरुले सोमबार साँझ नेपालस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् ।
उडिसा राज्यको भुवनेश्वरको पटिया क्षेत्रस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी(केआईआईटी) विश्वविद्यालयको होस्टलमा आइतबार साँझ रुपन्देहीकी छात्रा प्रकृति लम्साल मृत अवस्थामा फेला परेकी थिइन् । उनी इन्जिनियरिङ कलेजमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन् । लम्सालको मृत्युपछि उक्त कलेजमा प्रदर्शन उत्रेका गरिरहेका नेपाली विद्यार्थीलाई कलेज प्रशासनले होस्टेलबाट निकालेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विश्वविद्यालयको लापरबाहीले नेपाली छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि रजिस्ट्रारको कार्यालयले एक सूचना प्रकाशित गरी नेपाली विद्यार्थीलाई क्याम्पस खाली गर्न निर्देशन दिएका थिए ।
केआईआईटी विश्वविद्यालयमा अध्ययनरत पाँच सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टेलबाट जर्बरजस्ती उठाएर रेल स्टेसनमा छोडिएको छ । भारतीय मिडिया द इन्डियन एक्सप्रेसले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार उनीहरूलाई त्यहाँबाट आफ्नो घर जान भनिएको छ । विद्यार्थीहरु रेल्वे स्टेशनमा विचल्लीमा परेका छन् ।
यसैबीच भारतका लागि नेपाली राजदुत शंकर शर्माको पहलमा नेपाली विद्यार्थीहरुलाई कलेजको छात्रावासमा फिर्ता पठाइएको छ । भारतका लागि नेपाली राजदुतवासले जारी गरेको विज्ञप्तिमा श्वविद्यालयको रजिष्ट्रार, भारत सरकार र उडिसा प्रदेश सरकारलगायतसँग छलफल गरेपछि विद्यार्थीहरुलाई छावास फिर्ता गराइएको उल्लेख छ ।
विज्ञप्तिमा प्रकृतिको मृत्यु प्रकरणमा गम्भीरता पूर्वक निष्पक्ष छानविनका लागि पहल भइरहेको जनाएको छ । विद्यार्थीहरुलाई संयम्ता अपनाइ अध्ययन अध्यापनलाई निरन्तरता दिन विज्ञप्तीमार्फत आग्रह गरेको छ । यस विषयमा नेपाल र भारत सरकारको ध्यानाकर्षण गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू)ले लम्सालको मृत्यु घटनामा न्यायको माग गर्दै सोमबार साँझ लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको हो ।
उक्त विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङका एक पुरुष विद्यार्थी साथीले दुर्व्यवहार गरेपछि प्रकृति तनावमा थिइन् । सामाजिक सञ्जाल एक्सका एक प्रयोगकर्ताले ती पुरुष विद्यार्थीले प्रकृतिलाई दुर्व्यवहार गरेको अडियो समेत पोष्ट गरेका छन् ।
गत महिना विश्वविद्यालयको अन्तर्राष्ट्रियसम्बन्ध कार्यालय (आईआरओ)लाई प्रकृतिले यस बारेमा जानकारी गराएकी थिइन् । तर विश्वविद्यालयले कुनै सुनुवाइ नगरे पछि प्रकृति दबाबमा थिइन् । सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै विश्वविद्यालयका रजिस्ट्रार ज्ञान रञ्जन मोहन्तीले प्रकृतिले आफ्नो पार्टनरसँगको तनावपूर्ण सम्बन्धका कारण मृत्युको बाटो रोजेको दाबी गरेकी छन् । मोहन्तीले प्रकृतिले आत्महत्या गरेको दावी गरेकी हुन् ।
प्रकृतिको परिवारका सदस्यलाई घटनाबारे जानकारी दिइएको उनले भनेकी छन् । ‘विश्वविद्यालयमा उनीसँग अध्ययनरत आरोपी केटालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ,’ उनले भनिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा कूटनीतिक पहल गरिरहेको बताएका छन् ।
समाचार
मधेसका पूर्वप्रदेश प्रमुख राजेश झामाथि नाबालिगसँग यौन दुर्व्यवहारको आरोप
द नेप्लिज संवाददाताउर्लाबारीमा २० वर्षीया र सुर्खेतमा १४ वर्षीयासँग बलात्कार
द नेप्लिज संवाददातासरकारमा जाने वित्तिकै सबै क्षेत्रमा सुधार गरिहाल्ने जादुको छडी कसैसँग छैनः उपप्रधानमन्त्री सिंह
द नेप्लिज संवाददातावीरगन्जमा पाँचौँ दिन पनि तनाव कायमै
द नेप्लिज संवाददातासत्तारुढ गठबन्धनभित्र गहिरिँदै संकट
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares