विराटनगर- नेकपा एमालेकाे मधेस प्रदेशस्थित जिल्ला अधिवेशनमा निषेध गर्न थालिएकाे छ ।
एमाले सिरहाकाे जिल्ला अधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली आउँदैछन् । जिल्ला अधिवेशनमा सहभागी हुन एमाले मधेश प्रदेशका प्राय सबै मूर्धन्य नेताहरुलाई निमन्त्रणा गरिएको छ तर पार्टी सचिव रहेका मधेश प्रदेशका पूर्व इन्चार्ज रघुवीर महासेठलाई निम्तो पठाइएन ।
सिरहाको जिल्ला अधिवेशन उद्घाटन शत्रलाई सम्बोधन गर्नु अघि प्रधानमन्त्री ओलीले जनकपुरमा मधेश प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीको स्वागतमा रघुवीर जनकपुरमा व्यस्त छन् । उनी प्रधानमन्त्री ओलीसँगै छन् तर प्रधानमन्त्री ओलीसँगै सिरहा आउने कि नआउने उनी असमञ्जसमा परेका छन् । सिरहा नजाउ त प्रधानमन्त्री तथा पार्टी अध्यक्षको साथसाथै हिँड्नु परेको छ , जाउँ भने निम्तो छैन । बिना निम्तो गएर अपमानित हुनुपर्छ कि भन्ने भयले नेता महासेठलाई सताएको छ ।
पार्टी सचिव तथा मधेशका लोकप्रिय नेता महासेठलाई एक्लो पार्ने र होच्याउने रणनीतिसहित हालका मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले निम्तो काट्न लगाएको सिरहामा चर्चा छ । राजधानी अनलाईन पत्रिकाले एमाले सिरहाका कार्यवाहक अध्यक्ष डा. नवीन यादवले निम्तो नपठाइएको स्वीकारेको छ ।
सिरहा जिल्ला अधिवेशनमा रघुवीर गुटको बाहुल्यता देखिएको र जिल्ला कमिटीमा लीलानाथ श्रेष्ठ पक्षको हार हुने निश्चित देखिएपछि नेता श्रेष्ठले चुनाव हुन नदिने, जसरी पनि सर्वसम्मति गराउने नीति लिएका छन् । सर्वसम्मति गराउँदा आफ्नो राजनीतिक वर्चस्व कायम रहने देखेर मधेश प्रदेश श्रेष्ठको आदेशमै उनलाई निम्तो नपठाइएको एमालेका एक जिल्ला कमिटी सदस्यले बताए । रघुवीर महासेठ अधिवेशनमा सम्मिलित भए चुनाव अवश्वयंभावी छ । महासेठ पक्षधरहरुले सर्वसम्मति होइन लोकतान्त्रिक अभ्यासमा चुनाव चाहेका छन् । चुनाव हुने बित्तिकै लीलानाथ पक्षको पत्ता साफ हुने ती कार्यकर्ताले बताए । त्यसकारण चुनाव टार्नका लागि रघुवीर महासेठलाई अधिवेशनमा नबोलाइएको उनले दावी गरे ।
सिरहा अधिवेशनमा सर्वसम्मतिको विपक्षमा जाने र चुनाव माग गर्नेहरुलाई बलपूर्वक पनि निस्तेज गर्ने नीतिमा नेता श्रेष्ठ उत्रिएका छन् । एक कार्यकर्ताले भने – बल प्रयोग जस्ता दुर्भाग्यपूर्ण घटना घटाउन सक्ने आशंका देखिन्छ । मनोपोली गर्नकै लागि महासेठको अनुपस्थिति चाहेको उनले आशंका गरे । मधेशका लोकप्रिय नेता तथा पार्टी सचिव महासेठलाई निषेध गर्नु चानचुने कुरा होइन । भित्र कुल्सित अभिष्ट छ– उनले बताए ।
मधेशमा एमाले भित्र अहिले लीलानाथ श्रेष्ठ र रघुवीर महासेठबीच राजनीतिक प्रतिस्पर्धा सुरु भएको छ । दुई नेताको पक्षमा कार्यकर्ताहरु ध्रुविकरण हुन थालेका छन् । सतहमा देखिने गरी यी नेताको गुट र राजनीतिक विवाद देखिएको छ । लीलानाथ श्रेष्ठले रघुवीर महासेठको तेजोवध गर्ने गरी अभियान चलाएको महासेठ पक्षीय कार्यकर्ताहरुले आरोप लगाएका छन् । यी विषयमा श्रेष्ठसँग सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेन ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares