विराटनगर– काठमाडौं महानगरपालिकाले चैत १५ (शुक्रबार) मनाइने पाहां चह्रे जात्राका क्रममा कुनै पनि सभा, सम्मेलन वा अन्य कार्यक्रम नगर्न अनुरोध गरेको छ । जात्रालाई अवरोध पुर्याउने कुनै पनि गतिविधि नगर्न राजनीतिक दलहरूलाई आग्रह गर्दै महानगरले सवारी साधन सञ्चालनमा वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकहरूलाई समेत अनुरोध गरेको छ ।
महानगरले जारी गरेको सूचनामा जात्रा बसन्तपुर, न्युरोड, यट्खा, कोठाननी, तमोगल्ली, भण्डार, मजाःदेयगःमरू, ढोकाटोल, चसान, लाखःगल्लि, दमाईटोल, क्लब छँय, सुन्तागल्लि, मुगल्लि, कंकेश्वरी मन्दिर लगायतका स्थानहरूमा सञ्चालन हुने उल्लेख छ । जात्राको रूटलाई सहज बनाउन तथा आवागमन व्यवस्थित राख्न वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।
काठमाडौंमा शुक्रबार राजावादी र गणतन्त्रवादी समूहहरूले छुट्टाछुट्टै प्रदर्शन गर्ने भएका कारण सुरक्षा सतर्कता बढाइएको छ। राजावादीहरूले तीनकुनेमा सभा आयोजना गर्ने अनुमति पाएका छन् भने गणतन्त्र समर्थकहरूलाई भृकुटीमण्डपमा प्रदर्शन गर्न ठाउँ दिइएको छ ।
यसै सन्दर्भमा महानगरले जात्राको सहज सञ्चालनमा अवरोध हुने कुनै पनि गतिविधि नगर्न सबैलाई आग्रह गरेको हो । महानगर प्रहरी बलले पनि जात्राको रूटमा सहज आवागमनका लागि आवश्यक सहयोग गर्न अनुरोध गरेको छ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares