विराटनगर– भारतको कुम्भमेलाबाट स्नान गरेर फर्किरहेका तिर्थालु सवार गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–९ का ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीय दिपा खनाल र ४० वर्षीया गीता शर्मा छन् ।
उनीहरु युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडीमा सवार थिए । भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा उक्त गाडी ठोक्किएर अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित पाँच घाइते भएका छन् । गाडी चालक निदाएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनामा घाइते हुनेहरूमा देवदह–९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे छन् ।
उनीहरुलाई स्थानीय अस्पतालमा प्राथमिक हेरचाह पछि थप उपचारको लागि गोरखपुर पठाइएको भारतीय प्रहरीले जनाएको छ । फागुन ३ मा देवदहबाट महाकुम्भ मेला स्नान गर्न ५ वटा गाडीमा ३५ जना भारत गएकोमा नेपाल फर्किने क्रममा चालकसहित ८ जना सवार उक्त गाडी दुर्घटना भएको हो ।
समाचार
मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल
द नेप्लिज संवाददातामोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares