विराटनगर– अफ्रिकी मुलुकका युवाका लागि स्वास्थ्य संकट बनेको लागू औषध ट्रामाडोलको भारी परिमाण सहित नेपालमा पनि दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
भारत सरकारले हालै यसको उत्पादन र निर्यातमा प्रतिबन्ध लगाइसकेको छ । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले ट्रामाडोलको ५ लाख ६४ हजार १ सय ट्याब्लेट सहित उनीहरुलाई पक्राउ गरेको हो । औषधी जन्य मनोद्दिपक पदार्थविरुद्द व्यूरोले संचालन गर्दै आएको विशेष प्रहरी कारवारहीको क्रममा यो सफलता पाएको हो ।
पक्राउ पर्नेहरूमा पर्साका ३८ वर्षीय साईमन बनवारी र ललितपुर महांकाल गाउँपालिका–४ का ३३ वर्षीय सुधिर लामिछाने भएको प्रहरीले जनाएको छ । साईमनलाई ट्रामाडोलको ५ लाख ३४ हजार १ सय ट्याब्लेट सहित काठमाडौँ–४ टोखाबाट शुक्रबार र सुधिरलाई ३० हजार ट्याब्लेट सहित काठमाडौं महानगरपालिका–१४ बाट बिहीबार पक्राउ गरिएको हो । उनीहरू विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
समाचार
मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल
द नेप्लिज संवाददातामोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares