विराटनगर– जिल्ला प्रशासन कार्यालय ललितपुरले केही स्थान तोकेर आइतबार निषेधाज्ञा जारी गरेको छ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले सोमबार (४ चैत) देखि दुई महिनासम्म लागू हुने गरी निषेधित क्षेत्रसम्बन्धी आदेश जारी गरेका हुन्। राजावादी गतिविधि बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि यस्तै आदेश कार्यान्वयनमा ल्याइसकेको छ।
आदेशमा पाँच जनाभन्दा बढी मानिस जम्मा भएर अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा गर्न निषेध गरिएको उल्लेख छ। ललितपुरको हकमा जारी सूचनाअनुसार पुल्चोकस्थित यूएन हाउस र पुरानो मन्त्री निवास क्षेत्र पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिमतर्फ राष्ट्रिय किताबखाना, उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय, दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय विकास बोर्ड क्षेत्रमा सभा प्रदर्शन गर्न पाइने छैन।
भैंसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र पूर्वमा भैंसेपाटीबाट बुंमती जाने सडक, पश्चिमतर्फ सीजी हाउजिङ, उत्तरतर्फ भैंसेपाटी आवास गेट, दक्षिणतर्फ इटनी जाने ओहलो सीमा क्षेत्रमा यस्ता गतिविधि गर्न पाइने छैन। प्रशासनको आदेश अवज्ञा गरे स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।
पछिल्लो समय राजावादी गतिविधि बढ्न थालेसँगै सुरक्षा निकायले थप सजगता अपनाउन थालेका छन्। यसअघि, फागुन २४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि फागुन २५ देखि दुई महिनासम्मका लागि निषेधित क्षेत्रसम्बन्धी आदेश जारी गरेको थियो।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares