विराटनगर– रतुवामाई नगरपालिकाले कृषिको आधुनिकीकरण तथा यान्त्रिकीकरणका लागि किसानलाई एक करोड १० लाख मुल्य बराबरको कृषि औजार तथा उपकरण वितरण गरेको छ । नगरपालिकाको ५० प्रतिशत अनुदान र किसानहरुको ५० प्रतिशत साझेदारीमा नगरपालिकाले कृषि औजार तथा उपकरण वितरण गरेको हो ।
नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी पालिकास्थित १० वटै वडाका १ सय ६० कृषक समूह तथा कृषि फर्महरुलाई कृषि औजार तथा उपकरण वितरण गरेको छ । १ सय ५० थान च्यापकटर मेशिन, २० थान स्प्रे ट्यांकी, १ सय १२ थान मकै छोडाउने मेशिन, १ सय ६५ थान मकै रोप्ने मेशिन लगायतका औजार उपकरण वितरण गरिएको हो ।
रतुवामाई नगरपालिका प्रमुख नागेश्वरप्रसाद सिंहले किसानहरुलाई औजार तथा उपकरण वितरण गरेका छन् । नगरापकिाका प्रमुख प्रसासकिय अधिकृत डम्वरुप्रसाद वरालले कृषि यान्त्रिकीकरण प्रबर्द्धन कार्यक्रमअन्तर्गत किसानहरुलाई कृषि औजार तथा उपकरण वितरण गरिएको जनाएका हुन् ।
नगर प्रमुख सिंहले अधिकांश पालिकावासीको प्रमुख पेसा कृषि नै रहेकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कृषि औजार तथा उपकरण वितरण गरेको बताएका छन् । ‘कृषिको आधुनिकीकरणका लागि यान्त्रिकीकरण गर्दै व्यवसायिक खेती गर्नु अहिलेको राष्ट्रिय आवश्यकता हो,’ उनले भने, ‘त्यसैले कृषिमा उत्पादन र उत्पादक वृधिका लागि यन्त्र, उपकरण अपरिहार्य भएकोले ५० प्रतिशत अनुदानमा खरिद गरी वितरण गरेका हौं ।’
किसानहरुको समस्या अनन्त रहेको अवस्थामा पालिकाको बजेटले भ्याएसम्म आधुनिक तरिकाले व्यवसायिक खेतितर्फ अभिप्रेरित गर्न किसानहरुलाई सहुलियत प्रदान गर्ने पालिकाको नीति रहेको प्रमुख सिंहको भनाइ छ ।
स्थानीय सरकार
हर्क साम्पाङको नयाँ राजनीतिक घोषणा : २०८४ मा सबै पालिका र क्षेत्रबाट उम्मेदवारी दिन्छौँ
द नेप्लिज संवाददाताचार दशकदेखि अलमलिएको सीमा विवाद हल गर्न सोलु–ओखलढुंगाले गठन गरे कार्यदल
द नेप्लिज संवाददाताटेण्डर सूचना लुकाएर ठेक्का बाँडफाँड, तिलाठी कोईलाडीका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
द नेप्लिज संवाददाताविराटनगर महानगरले पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन गर्दै
द नेप्लिज संवाददाताकांग्रेस र माओवादीको वडाध्यक्षहरुद्वारा सरकारी पुल कवाडीमा बिक्री, सार्वजनिक सम्पत्ति चोरीमा अनुसन्धान
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares