विराटनगर– हिन्दू, बौद्ध र किरात धर्मालम्बीको संगमस्थल खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु भएको छ । रामनवमी मेला भर्न छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट दर्शनार्थी हलेसी आएका छन् ।
अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारीसाधन ल्याएर आउने गरेकाले पार्किङका लागि ठाउँ व्यवस्थापनमा समस्या देखिएको छ । सहज रूपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयंसेवक तथा प्रहरीसमेत परिचालन गरिएको हलेसी मन्दिरका मूल पुजारी गोपाल गिरीले जानकारी दिए ।
काठमाडौँलगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको सडकखण्ड कालोपत्र गरिएका कारण पनि हलेसी आउने दर्शनार्थीको संख्या बढेको हो । मेला अवधिभर अप्रिय घटना हुन नदिन तथा मेलालाई व्यवस्थित गर्न तीनटै सुरक्षाकर्मीको टोली परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिए ।
हलेसीको दर्शन तथा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ । चट्टानैचट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्धार, पापद्धार, स्वर्गद्धारजस्ता विभिन्न द्वार छन् ।
प्राकृतिक भूबनोटको हिसाबले पनि विश्वकै नमूना मानिने हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठिक पछाडिपट्टि पर्छ ।
घना जंगलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुमप उपहारजस्तो देखिन्छ । हलेसीमा रामनवमी, शिवरात्रि, बालाचर्तुदशी, हरितालिका तिज, बोलबमलगायतमा ठूलो मेला लाग्छ । रामनवमीका अवसर पारेर हलेसीमा १५ दिनसम्म लाग्ने मेलामा करोडौँको कारोबार हुने गरेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताए ।
पछिल्लो समय यहाँ दर्शनार्थी तथा भक्तजनको घुइँचो लाग्न थालेपछि आपराधिक घटना हुन नदिन सीसी क्यामेरा जडान गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालयको निगरानीमा रहनेगरी हलेसी बजार आसपास तथा मन्दिर परिसरमा सिसी क्यामेरा जडान गरिएको हो । हलेसी परिसरका २६ ठाउँमा सौर्यबत्ती जडान गरिएको छ । रामनवमीमा खोटाङको हलेसीमा मात्र नभएर देशभरिकै राममन्दिर स्थल वरिपरि मेला लागेको छ ।
साहित्य/कला
श्रीमानको दीर्घायुका लागि सावित्रीको श्रद्धा सम्झँदै, आज देशभर बटसावित्री पर्व मनाइँदै
द नेप्लिज संवाददाताकलमका सिपाही विजय चालिसे अब स्मृतिमा मात्रै
द नेप्लिज संवाददाताविराटनगरमा चलचित्र निर्माण सम्बन्धी कार्यशाला
द नेप्लिज संवाददाताथाइल्याण्डकी ओपाल सुचाता चुआङ्श्रीलाई मिस वर्ल्ड २०२५ को उपाधि, नेपाल अन्तिम ४० मै अटाउन सकेन
द नेप्लिज संवाददातावरिष्ठ सर्जक गणेश रसिकको मंगलबार बिहान पशुपति आर्यघाटमा अत्येष्टि
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares