६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

काठमाडौंमा तीन ठूला दलका शीर्ष नेताहरू एकै मञ्चमा

१४ चैत २०८१, बिहीबार

Advertisement

काठमाडौं— नेपालका तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू बिहीबार दुर्लभ रूपमा एउटै मञ्चमा उपस्थित भएका छन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संक्रमणकालीन न्याय प्रक्रियासम्बन्धी राष्ट्रिय सम्मेलनमा सहभागी भएका हुन् ।

सामान्यतः एउटै मञ्चमा नदेखिने यी नेताहरू उक्त सम्मेलनमा एकसाथ उपस्थित भइ द्वन्द्वपीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकारबारे आफ्नो धारणा राखेका थिए । उनीहरूले संयुक्त रूपमा कार्यक्रमको उद्घाटनसमेत गरे ।

प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगका कामलाई प्रभावकारी बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । उनले पीडितहरूलाई न्याय दिलाउन सरकारको सक्रिय भूमिका रहने बताउँदै, विगतको हिंसा दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे ।

उनले संसदबाट सहमतिमै संक्रमणकालीन न्यायसम्बन्धी कानुन पारित गरिएको स्मरण गराउँदै शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने दिशामा सरकार अग्रसर रहेको स्पष्ट पारे । राजनीतिक दलका शीर्ष नेताहरूको संयुक्त उपस्थिति र संक्रमणकालीन न्याय प्रक्रियाप्रतिको प्रतिबद्धताले द्वन्द्वपीडितहरूलाई आशा प्रदान गरेको छ । तर, पीडित समुदायले कानुनी प्रक्रिया कार्यान्वयनमा दृढ इच्छाशक्ति देखाउन नेताहरूलाई आग्रह गरेका छन् । 
 

प्रकाशित : १४ चैत २०८१, बिहीबार 12:12
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved