विराटनगर– इन्टरपोलबाट रेड नोटिस जारी भएका सहित बलात्कारका तीन आरोपीलाई पक्राउ गरिएको केन्द्रीय प्रहरीले जनाएको छ । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सिन्धुली कमलामाई–२ चियाबारीका २७ वर्षीय आशिष बुढाथोकीलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले भनेको छ ।
उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट अनुरोध भए पछि इन्टरपोल महासचिवालयबाट सन् २०२५ फेब्रुअरी १४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । बलात्कार आरोपमा बैतडीमा दुई जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरीले जनाएको छ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बैतडीको शिवनाथ–१ कुस्मौतघाटका ३० वर्षीय चक्र सिंह साउदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
साउदले ती बालिकालाई फकाएर स्थानीय सालको ईजरस्थित जंगलमा लगेर बलात्कार गरेको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । अर्को एक घटनामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बैतडी मेलौली–१ का २५ वर्षीय मनोज सिंह नायकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पीडित पक्षको उजुरीका आधारमा उनलाई पाटन–१ गडालेकबाट पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares