१७ वैशाख २०८२, बुधबार 30 Apr 2025, Wednesday

साढे तीन किलो सुनसहित पक्राउ/अपडेटेड

द नेप्लिज संवाददाता
१५ फागुन २०८१, बिहीबार

Advertisement

विराटनगर- दुबई हुँदै काठमाडौं झरेका तीन विदेशी महिलासहित ४ जनालाई तीन किलो सात सय ७५ ग्राम सुनसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको एफजेड५७५ उडानबाट आएका चारै जना उज्वेकिस्तानी हुन् ।

राहदानी विवरण अनुसार पक्राउ पर्नेमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ भएको प्रहरीले जनाएको छ । यीमध्ये तुर्सुनोभ पुरुष हुन् । भन्सार जाँच पछि  निस्कने क्रममा शंका लागेर खानतलासी गर्दा शरीरभित्रबाट सुन बरामद भएको हो । प्रहरीले उनीहरुको मलद्वारबाट सुनको टुक्रा बरामद गरेको छ । 

प्रहरीका अनुसार उनीहरुसँग आठ  सुनका टुक्रा बरामद भएको छ। सुन तस्करीमा संलग्न गिरोहले भरियाका रुपमा उनीहरुलाई नेपाल पठाएको  प्रहरीको विश्लेषण छ । 

प्रकाशित : १५ फागुन २०८१, बिहीबार 10:10
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved