४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

सप्तरी र मोरङ इक्वालिटि कप क्रिकेटको फाइनलमा

द नेप्लिज संवाददाता
१९ चैत २०८१, मङ्गलबार

Advertisement

विराटनगर– नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ स्थित म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा जारी चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको फाइनलमा मोरङ र सप्तरी प्रवेश गरेका छन् । 

लगातार दुई–दुई वटा खेल गुमाएका इलाम र सिरहा प्रतियोगिताबाट बाहिरिएको हुन् । दुई खेलमा लगातार अपराजित यात्रा कायम राख्दै मोरङ र सप्तरी एक÷एक खेल अगावै फाइनल यात्रा तय गरेका छन् । 

इक्वालिटि कप क्रिकेटको साविक विजेता मोरङले इलामलाई ९ विकेटले पराजित गदरेको छ । लगातार दुई खेलमा जित हात पार्दै ४ अंक जोडेको मोरङ शिर्ष स्थानमा रहन्दै फाइनलको यात्रा तय गरेको हो । लगातार दुई खेलमा पराजीत इलाम प्रतियोगिताबाट बाहिरिएको छ ।  टस जितेर ब्याटिङ गरेर्कै फाइनल यात्रा तय गरेको हो । 

इलामले निर्धारित २० ओभरको खेलमा १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ६२ रनमा सिमित भएको थियो । इलामका कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । इलामले अतिरिक्त ४१ रनको मद्दतमा ६२ रनको योगफल तयार गरेको थियो । मोरङकी सानु राजवंशीले २ विकेट लिँदा चाँन्दनी साह, फुलकुमारी राजवंशी र बन्धना राजवंशीले समान २–२ विकेट लिइन् ।
 
६३ रनको झिनो लक्ष्य पछ्याएको मोरङले ५ ओभर ५ बलमा १ विकेट गुमाउँदै विजयी लक्ष्य प्राप्त गरेको हो । मोरङको जितमा प्लेयर अफ द म्याच पूर्णीमा राजवंशीले अविजित ३२ रन बनाउँदा सानु राजवंशीले १० रनको योगदान दिइन् । पूर्णीमाले २७ बलमा ६ चौका प्रहार गरिन् । इलामकी रञ्जना लिम्बुले १ विकेट लिइन् । 

दोस्रो खेलमा सप्तरीले सिरहालाई ८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २ रनको योगफल तयार पारेको थियो । सप्तरीकी प्लेयर अफ द म्याच साक्षी यादवले सर्वाधिक ५७ रन बनाइन् । उनले ५४ बलमा ६ चौका प्रहार गरिन् । सिरहाकी अनुराधा चौधरीले ४ विकेट लिँदा सरस्वती चौधरीले ३ विकेट लिएकी थिइन् । 

१ सय ३ रनको सामान्य लक्ष्य पछ्याएको सिरहाले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा ९४ रनमा सिमित हुँदा ९ रनले जित निकाल्न चुक्दा प्रतियोगिताबाट नै बाहिरिए । सिरहाकी सरस्वती मुखीयाले १३ रन बनाउँदा प्रसिद्का खडकाले ११ रन बनाइन् । सप्तरीकी अपेक्षा यादवले ४ विकेट लिँदा साक्षी यादव र सुस्मीता यादवले समान २–२ विकेट लिइन् । 

म्यारिलीबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत इक्युवालिटि कप क्रिकेट आयोजना भएको हो ।

प्रकाशित : १९ चैत २०८१, मङ्गलबार 19:05
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved