आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगिता
विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भइरहेको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड र सरस्वती स्कुल विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।
अर्किड स्कुलले न्यू मून स्कुललाई ३० रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित १५ ओभरमा ९ विकेट गुमाई ९३ रन बनाएको थियो । अर्किडका लागि अभय कामतले सर्वाधिक २६ रनको योगदान दिए । न्यू मूनका निखिल रायले ३ विकेट लिए ।
९४ रनको लक्ष्य पछ्याएको न्यू मूनले १३ ओभरमा सवै विकेट गुमाई ६३ रन मात्रै बनायो । न्यू मूनका कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । अर्किडका प्लेयर अफ द म्याच भिस्म कामतले ३ विकेट लिए ।
दोस्रो खेलमा सरस्वती स्कुलले राइजिङ नेपाल स्कुललाई १ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको राइजिङले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८० रन बनाएको थियो । राइजिङका लागि अरमान खानले सर्वाधिक २८ रनको योगदान दिए । सरस्वतीका विकाश कामतले २ विकेट लिए ।
८१ रनको लक्ष्य पछ्याएको सरस्वतीले १९ ओभरमा ९ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । सरस्वतीका प्लेयर अफ द म्याच विकाश कामतले सर्वाधिक २६ रनको योगदान दिए । राइजिङका आमिर आलमले ३ विकेट लिए ।
खेलकुद
इतिहास रच्दै नेपाली महिला टोली टी–२० विश्वकप छनोटमा प्रवेश
द नेप्लिज संवाददाताकाेशीमा ३५ जना क्रिकेटकाे ´ओ` लेभेल अम्पायर तयार
द नेप्लिज संवाददाताकराते प्रिमियर लिगमा एरिका गुरुङको ऐतिहासिक कास्य पदक
द नेप्लिज संवाददाताक्रिकेट फाउण्डेशनद्वारा कोशी र मधेसमा क्रिकेट खेल सामग्री वितरण
द नेप्लिज संवाददातातनाव, नाटकीयता र व्यक्तिगत उपलब्धिका कथा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares