फाइल तस्बिर
हिंसात्मक प्रदर्शनको चर्को आलोचना गर्दै नेपाली कांग्रेसकी सांसद नगिना यादवले पूर्वराजावादी अभियन्ता दुर्गा प्रसाईंको गतिविधिलाई ‘अराजकताको पराकाष्ठा’ भन्दै उनीमाथि गोली चलाउने आदेश दिनुपर्ने अभिव्यक्ति दिएकी छिन् ।
यादवले भनिन्, ‘जसरी तोकिएको निषेधित क्षेत्र जबरजस्ती तोडेका छन्, प्रहरीमाथि गाडी कुदाएका छन् । म मन्त्री भएको भए सुट गर्न आदेश दिन्थेँ ।’ सांसद यादवको यो अभिव्यक्तिसँगै तीनकुने घटनाको राजनीतिक तापक्रम अझ चुलिएको छ ।
काठमाडौँ — प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसदहरुले पदीय मर्यादा बिर्सेर देशको वर्तमान अवस्था र जनभावना विपरित बोलेका छन् । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले यसलाई ‘हिंसात्मक बहस’ को नाम दिएका छन् ।
गृहमन्त्री रमेश लेखकदेखि कांग्रेसकी सांसद नगिना यादव सम्मको शैलीलाई सामाजिक सञ्जालमा भारतको विहारका नेतानेतृहरुले बोल्ने शैलीसँग तुलना गरिएको छ । बैठकमा सामेलहरुले शब्द प्रहारले हिंसा गरेको भनिएको छ ।
लेखकले चैत १५ मा काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई आपराधिक र विध्वंसात्मक कार्यको संज्ञा दिँदै यस्ता गतिविधि लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य नहुने भनेका छन् । उक्त समितिमा शुक्रबार बोल्दै लेखकले उक्त घटनाप्रति सरकार गम्भीर रहेको र यस्ता घटनाको पुनरावृत्ति रोक्न चनाखो रहेको बताए । उनले घटनाको निष्पक्ष छानबिन फौजदारी कानुनी प्रक्रियाबाट हुने जानकारी दिए ।
सांसदहरूले घटनाको सत्यतथ्य छानबिन गर्न छानबिन आयोग गठन गर्न माग गरेका थिए । गृहमन्त्री लेखकले सरकारले नियमित आपराधिक न्याय प्रणालीमार्फत निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाए । उनले सार्वजनिक सम्पत्ति लुटपाट, आगजनी र अराजकता गर्ने कार्यमा संलग्नहरूलाई पक्राउ गर्ने कार्य जारी रहेको बताए ।
उनले लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरंकुशताको खोजी गर्नु कुनै पनि हिसाबले उचित नहुने बताए । उनले जनतामा गएर आफ्नो कुरा राखेर निर्वाचित हुने अधिकार संविधानले सबैलाई दिएको उल्लेख गरे । गृहमन्त्री लेखकले तीनकुने घटनामा मृत्यु भएकाका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने प्रक्रिया अघि बढिसकेको बताए । घाइतेहरूको सरकारले निःशुल्क उपचार गर्ने व्यवस्था गरेको जानकारी दिए ।
बैठकमा सांसदहरूले तीनकुने घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिनुपर्ने धारणा राखे । कांग्रेस सांसद जीवन परियारले ज्ञानेन्द्र शाहको भूमिकाका बारेमा बहस भएकाले समितिमा बोलाउन सुझाव दिए । एमाले प्रमुख सचेतक महेश बर्तौलाले ज्ञानेन्द्र शाहको आह्वानपछि भएको प्रदर्शन हिंसात्मक भएकाले राज्यले गम्भीर भएर अनुसन्धान गर्नुपर्ने बताए ।
राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले तीनकुने घटना राज्यपक्षले नियोजितरूपमा घटाएको आरोप लगाए । उनले निष्पक्ष न्यायिक छानबिन भए त्यसदिन भएको कमीकमजोरी बाहिर आउने बताए । नेताहरूलाई झुटा मुद्दा लगाएर आस्थाका बन्दीका रूपमा नराखेर आपराधिक मुद्दा लगाउनु अत्यन्त आपत्तिजनक भएको उनको भनाइ थियो ।
हिंसात्मक प्रदर्शनको चर्को आलोचना गर्दै नेपाली कांग्रेसकी सांसद नगिना यादवले पूर्वराजावादी अभियन्ता दुर्गा प्रसाईंको गतिविधिलाई ‘अराजकताको पराकाष्ठा’ भन्दै उनीमाथि गोली चलाउने आदेश दिनुपर्ने अभिव्यक्ति दिएकी छिन् ।
यादवले भनिन्, ‘जसरी तोकिएको निषेधित क्षेत्र जबरजस्ती तोडेका छन्, प्रहरीमाथि गाडी कुदाएका छन् । म मन्त्री भएको भए सुट गर्न आदेश दिन्थेँ ।’
उनले चैत १५ को दिन प्रसाईंले राजधानीको तीनकुने क्षेत्रमा आयोजित प्रदर्शनमा प्रहरीमाथि गाडी हुत्याउँदै निषेधित क्षेत्र तोडेको र त्यही भिडियो देशभर भाइरल भएको उल्लेख गरिन् । ‘त्यत्रो सुरक्षाकर्मीलाई पेलेर जान मिल्छ ? कस्तो नैतिकता हो यो ? ऊ सर्वोपरी हो? उसले जे बोले पनि हुने?“ भन्दै यादवले आक्रोश पोखिन् ।
उनले थप भनिन्, ‘प्रहरीकै हतियार खोस्नु भनेको अराजकताको पराकाष्ठा हो । सबैको हतियार खोसेको भए के हुन्थ्यो ? त्यसपछि मात्र प्रहरीले गोली चलाएको हो । जोसुकै दोषी होस्, कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’
सांसद यादवको यो अभिव्यक्तिसँगै तीनकुने घटनाको राजनीतिक तापक्रम अझ चुलिएको छ । चैत १५ मा आयोजित प्रदर्शनका क्रममा दुर्गा प्रसाईं नेतृत्वको समूहले निषेधित क्षेत्र उल्लंघन गर्दै आक्रामक शैलीमा सुरक्षाकर्मीमाथि गाडी चलाएको, प्रहरीका हतियार खोस्ने प्रयास गरिएको र त्यसपछि स्थिति नियन्त्रण गर्न प्रहरीले हवाइ फायरसमेत गरेको पुष्टि प्रहरी स्रोतहरूले गरेका छन् । प्रसाईंलाई घटनाको मुख्य योजनाकारको रूपमा चिह्नित गर्दै प्रहरीले पक्राउ गरेको छ भने गृहमन्त्रीले ‘रेगुलर क्रिमिनल जस्टिस सिस्टम’ अन्तर्गत निष्पक्ष छानबिन हुने बताएका छन् ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares