विराटनगर– राष्ट्रिय मानवअधिकार आयोगले भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कालिंगा ईन्सिटच्युट अफ ईन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयका नेपाली विद्यार्थी प्रकृति लम्साल छात्रावासमा मृत भेटिएको घटनाको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । उक्त घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दा नेपाली विद्यार्थीमाथि समेत कुटपिट र अपमानजनक व्यवहार भएको घटनाको शीघ्र छानबिनको लागि आयोगले भारतको राष्ट्रिय मानवअधिकार आयोगलाई पत्राचार गरेको छ ।
पत्रमा शंकास्पद मृत्युको घटनाको अनुसन्धान गरी पीडितलाई न्याय प्रदान गर्न भनिएको छ । विश्वविद्यालयमा कुटपिट भएका र दुर्व्यवहारमा परेका विद्यार्थीहरूलाई शीघ्र न्याय प्रदान गर्न, अध्ययनरत नेपाली विद्यार्थीहरूको पूर्ण सुरक्षाको प्रत्याभूति गर्दै भयरहित वातावरणमा अध्ययन गर्न पाउने अवस्था सुनिश्चित गर्न, घटनामा संलग्न विश्वविद्यालयका अधिकारीहरू तथा व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई उत्तरदायी बनाउन अनुरोध गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
साथै प्राप्त उजुरीको आधारमा आयोगले भारतस्थित नेपाली दूतावास र अन्य माध्यमबाट समेत घटना एवं विद्यार्थीको अवस्थाको बारेमा जानकारी लिइरहेको जनाएको छ । उक्त घटनाबाट उत्पन्न परिस्थितिका कारण विश्वविद्यालय छोडेर हिँड्न बाध्य नेपाली विद्यार्थीहरू अझै पनि भयरहित वातावरणमा विश्वविद्यालय फर्कन नसकेको जानकारी प्राप्त भइरहेको आयोगले भनेको छ । आयोगले यो सम्बन्धमा थप कूटनीतिक पहल गरी विद्यार्थीहरूको अध्ययन गर्न पाउने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरेको छ ।
विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुमाथि भएको दुर्व्यवहार र कुटपिटको घटनाले असुरक्षित भएपछि नेपाल फर्केका छन् । उनीहरुले विश्वविद्यालयमा फर्केर अध्ययन गर्ने सुरक्षित अवस्था नरहेको बताएका छनन् । विश्वविद्यालयले घट्नाप्रति माफी माग्दै नेपाली विद्यार्थीहरुलाई अध्ययनका लागि फर्किन आह्वान गरे पनि उनीहरु असुरक्षित अवस्ता रहेको भन्दै नेपाल फर्केका छन् ।
समाचार
मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल
द नेप्लिज संवाददातामोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares