विराटनगर — नेपाल र मलेसियाका चरा विज्ञहरुको टोलीले पूर्वी नेपालको इलाम सुखानीमा नयाँ प्रजातिको चरा, ’भ्वाइलेट कुक्कु ( बैजनी कोइली)’, फेला पारेका छन् ।
नेपाल पन्छीविद् संघले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै यस बारेमा जानकारी दिएको छ । गएको चैत २५ मा नेपालका प्रख्यात चराविद् राजेन्द्र गुरुङको नेतृत्वमा एक टोलीले समुन्द्र सतहबाट तीन सय मिटर उचाइमा रहेको सुखानी वन क्षेत्रका उक्त चरा फेला पारेको थियो । यस टोलीमा मलेसियाका चरा विज्ञ एलेकजान्डर जोन एङ याङ, रोजर रोबर्ट राजा र नेपाली चराविद् अनिश तिमिल्सिनासमेत सामेल थिए ।
चरा बिहान ११ बजेतिर देखा परेको बेला टोलीले प्रारम्भिक पहिचान गर्दै उक्त चरा ’भ्वाइलेट कुक्कु’ भएको बताएका थिए । थप पुष्टिका लागि उनीहरूले चैत २८ मा खिचेका फोटो र भिडियो नेपाल पन्छी रेकर्ड कमिटीलाई पठाएका थिए ।
नेपाल पन्छी रेकर्ड कमिटीले स्वदेशी र विदेशी चराविज्ञहरूको राय लिएर उक्त चरा नेपालका लागि नयाँ प्रजातिको भएको पुष्टि गरेको छ । कमिटीका तर्फबाट डा. तुलसी सुवेदीले यसलाई औपचारिक रूपमा नेपालमा नयाँ चरा प्रजाति भएको बताएका छन् ।
भ्वाइलेट कुक्कुको वैज्ञानिक नाम क्राइसोककस साइन्थोरिङ्कस हो र यो कुकुलिफम्र्स वर्गको कुकुलिडी परिवारमा पर्छ । यो चरा भुटान, मलेसिया, सिङ्गापुर, बंगलादेश, ब्रुनाइ, चीन, भारत, इन्डोनेसिया, लाओस, फिलिपिन्स, म्यानमार, थाइल्याण्ड र भियतनाम जस्ता विभिन्न देशहरूमा आवासीय रूपमा पाइन्छ । यस चरा प्रजाति भुटान, फिलिपिन्स र सिंगापुरमा प्रजनन् गर्ने पाइएको छ।
नेपालमा भेटिएको चरा क्राइसोककस साइन्थोरिङ्कस उपप्रजातिका रूपमा परिचित भएको नेपाल पन्छीविद् संघले जनाएको छ । योसँगै नेपालमा पाइने चरा प्रजातिहरूको संख्या ८ सय ९९ पुगेको डा. सुवेदीले पुष्टि गरेका छन् ।
समाचार
उपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताविराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares