काठमाडौं – वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५ का अनुसार नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देशको रूपमा सूचीकृत भएको छ। नेपालले विश्वभर ९२औँ स्थान हासिल गर्दै छिमेकी देशहरू भारत, पाकिस्तान, श्रीलंका, र बंगलादेशलाई पछि पारेको छ।
नेपाल दक्षिण एसियामा सबैभन्दा अगाडि रहँदा पाकिस्तान १०९औँ, भारत ११८औँ, श्रीलंका १३३औँ, र बंगलादेश १३४औँ स्थानमा रहेको उक्त रिपोर्टमा उल्लेख छ ।
ग्लोबल स्तरमा फिनल्यान्ड लगातार आठौँ पटक सबैभन्दा खुसी देशको रूपमा शीर्ष स्थानमा छ। यसैगरी डेनमार्क दोस्रो, आइसल्यान्ड तेस्रो, स्वीडेन चौथो, नेदरल्याण्डस् पाँचौँ स्थानमा छन्। अन्य शीर्ष १० देशहरू निम्नानुसार छन् :
✅ १. फिनल्यान्ड
✅ २. डेनमार्क
✅ ३. आइसल्यान्ड
✅ ४. स्वीडेन
✅ ५. नेदरल्याण्डस्
✅ ६. कोस्टारिका
✅ ७. नोर्वे
✅ ८. इजरायल
✅ ९. लग्जम्बर्ग
✅ १०. मेक्सिको
रिपोर्टका अनुसार खुसी देशको मापन जीवन मूल्यांकन, सकारात्मक सोच, नकारात्मक भावना, व्यक्तिगत स्वतन्त्रता, सामाजिक समर्थन, आर्थिक स्थिरता, र जीवन प्रत्याशा जस्ता सूचकहरूका आधारमा गरिएको हो। नेपालले दक्षिण एसियामा खुसी सूचकांकमा अग्रस्थान हासिल गर्न सफल भए पनि, विज्ञहरू युवाहरूको अवसरहरूको कमी, रोजगारी अभाव, र वृद्धवृद्धाहरूको एक्लोपन जस्ता मुद्दाहरूलाई अझै समाधान गर्नुपर्ने आवश्यकता औंल्याउँछन्।
समाचार
राजसंस्थावादी चहलपहलबारे कांग्रेसको चिन्ता, गणतन्त्र पक्षमा सातै प्रदेशमा प्रदर्शनको सुझाव
द नेप्लिज संवाददातापूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड आठ लाखको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
द नेप्लिज संवाददाताबल्ल ब्यूँझे रेशम चौधरी
द नेप्लिज संवाददातादरबार हत्याकाण्डको स्मृतिमा दीप प्रज्वलन
द नेप्लिज संवाददातासिफल चौरमा राजसंस्था पुनःस्थापनाको मागसहित आन्दोलन, राप्रपाका शाहीले प्रधानमन्त्री ओलीलाई दिए ‘भ्रष्टाचारी झोले’ को संज्ञा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares