उमेर छउन्जेल कमाउन पर देश,
बुढेसकालमा रमाउन घर देश।
याद आउँछ पर्व, संस्कृति, पहिरन–भेष,
प्यारो लाग्छ हिमाल, पहाड, मधेस।
मान्छे कहाँ होला र नलागेको ठेस,
रिस–राग त्यागी कर्म गर्नु बेस।
सोचे जस्तो हुन्न परदेशको मेस,
रहरहरू गुनगुनाउँदै फुलिसके केश।
समयले बनायो कर्मभूमि विदेश,
छातीभरी सजाएर जन्मभूमि विशेष।
पानामै सीमित भए पुर्खाको दिव्य उपदेश,
जुन भूमिमा भए पनि मनमा स्वदेश।
साहित्य/कला
श्रीमानको दीर्घायुका लागि सावित्रीको श्रद्धा सम्झँदै, आज देशभर बटसावित्री पर्व मनाइँदै
द नेप्लिज संवाददाताकलमका सिपाही विजय चालिसे अब स्मृतिमा मात्रै
द नेप्लिज संवाददाताविराटनगरमा चलचित्र निर्माण सम्बन्धी कार्यशाला
द नेप्लिज संवाददाताथाइल्याण्डकी ओपाल सुचाता चुआङ्श्रीलाई मिस वर्ल्ड २०२५ को उपाधि, नेपाल अन्तिम ४० मै अटाउन सकेन
द नेप्लिज संवाददातावरिष्ठ सर्जक गणेश रसिकको मंगलबार बिहान पशुपति आर्यघाटमा अत्येष्टि
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares